पूर्वराजाको नाम भजाउँदै ८ करोड ठगी


 बाराका कुलदेव चौधरी बेलायत जाने भिसा पाउँदा कम हर्षित थिएनन् । ५ लाख ५० हजार रुपैयाँ तिरेपछि उनका हातमा भिसा पर्‍यो । तर त्यो खुसी धेरै दिन टिक्न सकेन । जब उनले त्यो नक्कली भन्ने पत्तो पाए, बेलायत उड्ने सपना त तुहियो नै, ऋण काढेर दिएको पैसासमेत डुब्यो । उनी अहिले त्यो पैसा उठाइदिन गुहार माग्दै प्रहरी शरणमा पुगेका छन् ।

कुलदेव मात्र होइन, उनका दाजु र भान्जासमेत एकै व्यक्तिबाट ठगिएका छन् । बाराको गढिमाई मन्दिर दर्शन गर्न गएका एक व्यक्तिले बेलायत लगायत मुलुकमा पठाउने भन्दै उनीसहित ५६ जनाबाट ४ देखि १२ लाख रुपैयाँसम्म असुलेको प्रहरीले जनाएको छ । त्यो चंगुलमा मन्दिरका पुजारी मंगल चौधरी समेत परे । उनले पनि २ लाख रुपैयाँ दिएका थिए । यसरी विदेश पठाउने र सरकारी जागिर खुवाउने भन्दै मोटो रकम ठगीगरेका पर्साका मनोजबहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

 सिंहले आफू पूर्वराजपरिवारको नातेदार भएको बताएका थिए । ‘राजपरिवार सदस्यलाई समेत चाँडै मन्दिर दर्शनमा ल्याउने भनेर स्थानीयवासीलाई प्रभावमा पारेका रहेछन्,’ केन्द्रीय अनुसन्धान ब्युरोका अधिकारीले भने, ‘सम्पर्क बढाउँदै विदेश पठाउने र जागिर खुवाउने भनी ठूलो रकम ठगीगरेछन् ।’

उनले विदेश जान लागेका व्यक्तिबाट पैसा उठाएर वानेश्वरको एभरेस्ट होटलमा ‘अभिमुखीकरण कक्षा’ राखिएको निमन्त्रणापत्र बाँडेका थिए । गत साउन १६ गते साँझ ६ बजे एभरेस्टको ‘लोटस’ हलमा सेमिनार राखिएको त्यसमा लेखिएको थियो । त्यसमा आयोजक ‘पूर्वमहाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवको सचिवालय, निर्मल निवास काठमाडौं’ लेखेका थिए । उनले रोयल बिजनेस गु्रपका नाममा उक्त निमन्त्रणा छापेका थिए ।

निमन्त्रणा बाँडेको २ दिनपछि बोलाइएका जति सबैलाई फोन गरेर अभिमुखीकरण कक्षा केही समयलाई सरेको भन्दै पछि पुनः खबर गर्ने बताइएको थियो । तर ब्युरोले यसमा पूर्वराजपरिवारको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ । ‘राजपरिवारका सदस्यको संलग्नता छैन, सिंहले ठगीगर्दा सर्वसाधारणको विश्वास जित्न त्यसो गरेका हुन्,’ ब्युरोका डीआईजी उपेन्द्रकान्त अर्यालले भने । 

ब्युरोले उनलाई ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो । उनले २ वर्षयता सर्वसाधारणबाट ८ करोड भन्दा बढी रुपैयाँ ठगीगरेको ब्युरोले जनाएको छ । सिंहले एक वर्षअघि बाराको गढिमाई मन्दिरमा गएर मन्दिरका लागि २ लाख रुपैयाँ बराबरको बेन्च बनाएर दान गरिदिएका थिए । मन्दिर छेउछाउमा माग्न आउने बालबालिका र मगन्तेलाई सय रुपैयाँदेखि २ सय रुपैयाँसम्म दिने गर्थे । 

मन्दिरमा माग्नेलाई समेत धेरै दान दिएको देखेपछि सर्वसाधारण र मन्दिरका पुजारीसमेत उनीबाट प्रभावित भएका थिए ।

सिंहले बेलायत पठाउने भन्दै तुलसी चौधरी र पुनदेव चौधरीबाट २४ लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ । त्यसैगरी मीनबहादुर कार्की र सुनील कार्कीसहित २० जनाबाट बेलायतकै आस देखाएर १ करोड ५१ लाख रुपैयाँ लिएको देखिएको छ । ५ महिनाअघि जर्जिया पठाउने भन्दै मानबहादुर राईमार्फत सिंहले अन्य दुईबाट पनि ५ लाख ५० हजार रुपैयाँ दरले ११ लाख रुपैयाँ लिएको देखिएको छ ।

त्यसबाहेक उनले नेपाल प्रहरीमा जागिर लगाइदिने भन्दै ३२ व्यक्तिसँग प्रतिव्यक्ति ५० हजारदेखि ८० हजार रुपैयाँसम्म लिएको पाइएको छ । पैसा लिएका व्यक्तिलाई नेपाल प्रहरीको वैकल्पिकमा छनोट भएको भन्दै प्रहरी जवान -प्रज) को परिचयपत्रसमेत बनाइदिएका छन् । त्यसैगरी उनले नेपाली सेनामा जागिर लगाइदिने भन्दै १२ जनाबाट प्रतिव्यक्ति ५० हजारदेखि ३ लाख रुपैयाँसम्म ठगीगरेको प्रहरीले जनाएको छ ।

यसैगरी गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागमा असई तहको जागिर लगाइदिने भन्दै लक्ष्मण चौधरीसहितका ६ जनाबाट ६/६ लाखका दरले ३६ लाख र इन्स्पेक्टर तहको पदमा जागिर लगाइदिने भन्दै सञ्जीवकुमार यादवसहित २ जनाबाट २० लाख रुपैयाँ असुलेको प्रहरीले जनाएको छ । प्रहरीले सिंहका साथबाट नक्कली नागरिकतासमेत बरामद गरेको छ । उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुपकुमार सिंहको नाममा नागरिकता लिएको खुलेको हो

Source:ekantipur

One response to “पूर्वराजाको नाम भजाउँदै ८ करोड ठगी

  1. sabai rakam khojtalas garne aru time lagos, yo manchhe sanga pakka pani thulai grup bhayeko hunu parchha,jaye jetha k kati pauna sakinchha pura jamma garnu parchha, yaslai ahile jel ma rakhne hoina kun kun thauma ko ko sanga kasari paisa asuleko chha purai sathma liyera uska sabai thauma janu parchha. hernuhos jantale dekhda paisa khayera manchhe bharti garchhan bhanchhan tara badnaam garne yasta kala jantaka lider huda rahechhan.yasto manchhelai samauna safal hune polis prashasanka manyajanlai badhuwako dhoka khulla hunu parchha.pidit sathiharu -tapaiharuko thag uktta aaropi ho ki hoina usko anuhar dekhera aafno hisab dekhaunu hos ta. ani uska grupma kati manchhe chhan? badhanik batoma kam garne karmachariharu pani namileka holan bhanna sakindaina yo sab chharlang parne kam polis prashasan kai ho. Dhanyabad Nepal prahari. hajurharule yasto manchhelai samaunu bhayekoma .

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.