बाराका कुलदेव चौधरी बेलायत जाने भिसा पाउँदा कम हर्षित थिएनन् । ५ लाख ५० हजार रुपैयाँ तिरेपछि उनका हातमा भिसा पर्यो । तर त्यो खुसी धेरै दिन टिक्न सकेन । जब उनले त्यो नक्कली भन्ने पत्तो पाए, बेलायत उड्ने सपना त तुहियो नै, ऋण काढेर दिएको पैसासमेत डुब्यो । उनी अहिले त्यो पैसा उठाइदिन गुहार माग्दै पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 30/08/2012
के गरेर संविधान आउँछ त्यो काम गर्नुस : राष्ट्रपति यादव
बालकृष्ण अधिकारी, काठमाडौं, भदौ १४ – राष्ट्रपति डा. रामवरण यादवले प्रमुख दलका शीर्ष नेताहरुलाई कुनै पनि मूल्यमा छिटो संविधान ल्याउन आग्रह गरेका छन्। राष्ट्रपति निवासमा दलका नेताहरुसँग भएको छलफलमा उनले ‘के गरेर संविधान आउँछ त्यो काम गर्नुस्’ भने। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
एन्ड्रयु स्ट्राउसले इङल्यान्डको टेस्ट कप्तान क्रिकेटबाट सन्याँस
एन्ड्रयु स्ट्राउसले इङल्यान्डको टेस्ट कप्तानका रुपमा राजीनामा दिदै बुधबारबाटै लागु हुनेगरी व्यावसायिक क्रिकेटबाट सन्याँसको घोषणा गरेका छन्
पछिल्ला केही साता धेरै सोचविचार गरेपछि मैले इङल्यान्डको टेस्ट कप्तानको रुपमा राजीनामा दिने र सवैखाले क्रिकेटबाट सन्यास लिने निर्णय गरेको हुँ,’ १ सय टेस्ट खेलेका ३५ वर्षे स्ट्राउसले लर्डसमा पत्रकार सम्मेलन हुनुअघि बुधबार इङल्यान्ड तथा वेल्स क्रिकेट बोर्डको विज्ञप्तीमा भनेका छन्, पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
महानगरका भित्री सडकमा विद्युतीय बस
१४ भदौ, काठमाण्डौं । काठमाण्डौं महानगरपालिकाले राजधानीका पुराना भित्री सहरमा डिजेल र पेट्रोलबाट चल्ने सवारीसधान निषेध गर्दै व्याट्रीबाट चल्ने सवारीसाधन चलाउने तयार गरेको छ महानगरपालिकाले न्युरोड, धर्मपथ, खिचापोखरी, सुन्धारा, इन्द्रचोक, असन लगायतका पुरातात्विक र पर्यटकीय सहरमा पहिलो पटक विद्युतीय बस चलाउने तयारी गरेको खबर राजधानी दैनिकले छापेको छ । इन्धनबाट चल्ने सवारीसाधनले वायु तथा ध्वनी प्रदूषण बढाएकाले विद्युतीय बस चलाउन लागेको उसको तर्क छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार