प्रधानमन्त्री भट्टराई इरानतिर


के गर्दैछन, कसलाई भेट्दै छन् तेहरानमा ?
१३ भदौ, काठमाण्डौं – इरान नजान अमेरिका, युरोपेली मुलुक र इजरायलको चर्को दबाबवीच प्रधानमन्त्री डा. बाबुराम भट्टराई असंलग्न राष्ट्रहरुको १६ औं शिखर सम्मेलनमा भाग लिन आज इरानको राजधानी तेहरान प्रस्थान गर्नुभएको छ ।भोलीदेखि सुरु हुने असंलग्न राष्ट्रहरुको सम्मेलनमा भाग लिन प्रधानमन्त्री भट्टराई १४ सदस्यीय टोलीको नेतृत्व गर्दै बुधबार विहान दोहा हुँदै तेहरान प्रस्थान गर्नुभएको हो ।
प्रतिनिधिमण्डलमा, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका सचिव जयमुकुन्द खनाल, परराष्ट्र मन्त्रालयका सचिव दुर्गाप्रसाद भट्टराई, सहसचिव दीपक धिताल, शिष्टाचार महापाल डा. निरञ्जनमान सिंह बस्नेत, उपसचिव सुरेश अधिकारी प्रधानमन्त्री पुत्री मानुषी यमी भट्टराई लगायत रहनुभएको छ । यसैगरी संयुक्त राष्ट्रसङ्घका लागि निर्वतमान आवासीय प्रतिनिधि तथा राष्ट्रसंघका उपमहासचिव ज्ञानचन्द्र आचार्य, नेपालका लागि पाकिस्तानका राजदूत भरत पौडेल सम्मेलनमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनमा असंलग्न राष्ट्रहरूका राष्ट्र प्रमुख तथा प्रधानमन्त्रीहरूको सहभागिता रहने छ ।
सम्मेलनका क्रममा प्रधानमन्त्री डा भट्टराईले इरानका राष्ट्रपति मोहम्मद अहमदिनेजाद, भारतीय प्रधानमन्त्री मनमोहन सिंह, सार्क राष्ट्रका सरकार प्रमुख तथा राष्ट्र प्रमुख लगायतलाई भेट्ने कार्यक्रम रहेको प्रधानमन्त्री निजी सचिवालयले जनाएको छ । शिखर सम्मेलनको तयारीका क्रममा ती देशका परराष्ट्र मन्त्री र सचिवस्तरमा अलग अलग बैठक हुनेछ । सम्मेलनको उद्घाटन भदौ १४ गते भोलि बिहान १० बजे तेहरान सम्मेलन केन्द्रमा हुने कार्यक्रम रहेको छ । सम्मेलनको प्रारम्भिक कार्यसूचीका सम्बन्धमा सचिवस्तरीय बैठक सम्पन्न भइसकेको छ भने मन्त्रीस्तरीय बैठकमा भाग लिन उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ त्यसतर्फ प्रस्थान गर्नुभएको छ । जम्मा १२१ राष्ट्र सदस्य रहेको यो आन्दोलनमा १७  राष्ट्र पर्यवेक्षकको रूपमा रहेका छन् ।
विश्वका करिब सात हजार भन्दा बढी प्रतिनिधि सहभागी हुने यो सम्मेलनले तय गर्ने नीति आगामी दिनमा नेपाल र नेपाल जस्ता अल्पविकसित देशका लागि महत्वपूर्ण हुने विश्वास लिइएको छ । इरानले गोप्यरुपमा आणविक हतियारको उत्पादन गरिरहेको र बिश्वका नेताहरु त्यहाँ जाँदा त्यसले बैधानिकता पाउने भन्दै अमेरिकाले सम्मेलन बिथोल्न प्रयत्न गरेको थियो । इजरायल, अमेरिकी लविमा रहेका केही अरव राष्ट्र लगायतले राष्ट्रसंघका महासचिव वान की मुनसहित बिभिन्न देशका सरकार तथा राष्ट्रप्रमुखलाई तेहरान नजान दबाब दिए पनि प्रायः सवै बेवास्ता गर्दै तेहरान प्रस्थान गरेका छन् ।

One response to “प्रधानमन्त्री भट्टराई इरानतिर

  1. jane matrata honi k hi ramro kaam garla vanne asa ni harai sakyo……..

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.