Daily Archives: 28/08/2012

गोपनीयता राख्न धेरै मोबाइल


सुजित महत/योगेश खतिवडा

काठमाडौ, भाद्र १२ – प्रहरी अधिकृतहरू सामान्यतया दुईवटा मोबाइल प्रयोग गर्छन् । चल्तापुर्जा र वरिष्ठ अधिकृतसँग तीनवटा मोबाइल हुनु प्रहरीमा सामान्य मानिन्छ । तिनले मोबाइलको नेटवर्क समस्याले मात्र एकभन्दा बढी मोबाइल प्रयोग गरेका होइनन् । ‘कल/एसएमएस डिटेल (सीडीआर) अरूले लिएर गोपनीयता भंग गरिदेला भन्ने त्रास धेरैले एकभन्दा बढी मोबाइल बोक्छन्,’ एक प्रहरी अधिकृत भन्छन् । पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रपति यादब र माओवादी अध्यक्ष प्रचण्डबीच भेट


भोली नै सहमति हुने प्रचण्डको विश्वास
१२ भदौ, काठमाण्डौ । राष्ट्रपति डाक्टर रामबरण यादबले दलहरुबीच छिटो सहमति जुटाउन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति भवन सितल निवासमा आज भएको भेटमा राष्ट्रपतिले राजनीतिक गतिरोधका ’boutमा सोचेर काम गर्न प्रचण्डलाई आग्रह गर्नुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

चार नेपाली १० महिनादेखि इन्डोनेसियाको जेलमा


दिलीप पौडेल, बाग्लुङ, भदौ १२ – छिस्ती-७ की सुविना परियार १० महिनादेखि पतिको बाटो हेरिरहेकी छन्। धन कमाउन अस्ट्रेलिया हिँडेका डम्बरबहादुर इन्डोनेसियामा पक्राउ परेपछि उनी न भोक न निद्रामा छिन्। पति जेल परेको लामो समयसम्म पनि नफर्किएपछि उनको चिन्ता बढेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

प्रधान मन्त्रीले आज देशवासीको नाममा सम्बोधन गर्ने


काठमाडौं, भदौ १२  – प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । आज अपरान्ह ३ बजे उनले देशवासीको नाममा सम्बोधन गर्ने भएका हुन् । सम्बोधनमा भट्टराईले आफ्नो १ वर्षे कार्यकालको समिक्षा र विपक्षीहरुले लगाएका आरोपको खण्डन गर्ने उनी निकट सुत्रले बताएका छन् । 
पढ्नेक्रम जारी राख्नुहोस्