११ औं जिल्लास्तरीय अन्तरमावि इन्द्रबहादुर गुरुङ स्मृति ब्याडमिण्टन प्रतियोगितामा तीनवटा स्वर्णपदकको छिनोफानो सम्पन्न


पोखरा, ११ भदौ- कास्की जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा पोखरा र·शालास्थित ब्याडमिन्टन कोर्टमा सञ्चालित ११ औं जिल्लास्तरीय अन्तरमावि इन्द्रबहादुर गुरुङ स्मृति ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत यु–१६ ब्वाइज डबलतर्फको खेलमा माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका राजबहादुर चौधरी र सुजन हिताङको जोडीले स्वर्णपदक प्राप्त गर्न सफल भएको छ।सोमबार भएको फाइनल खेलमा पोखरा एकेडेमीका प्रदीप अधिकारी र आदित्य कार्कीको जोडीलाई २३–२१ र २१–९ ले पराजित गर्दै माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका राजबहादुर चौधरी र सुजन हिताङको जोडीले स्वर्णपदक प्राप्त गर्न सफल भएको हो।प्रतियोगितामा कुुमुदिनी होम्सका असीम काजी श्रेष्ठ र विकल गुरुङको जोडी तथा सैनिक आवासीय महाविद्यालयका सचिन भण्डारी र अमृत गुरुङको जोडीले कास्यपदक प्राप्त गरेको छ।
यस्तै यु–१६ गल्र्स डबलतर्फको खेलमा माउण्ट एभरेष्टकै सविना परियार र स्वेच्छा श्रेष्ठको जोडीले स्वर्णपदक प्राप्त गरेको छ।सोमबार भएको फाइनल खेलमा टप्स उमाविका पुष्पा चौधरी र प्रतिभा गुरुङको जोडीलाई १८–२१, २१–१९ र २१–१७ ले पराजित गर्दै परियार र श्रेष्ठको जोडीले स्वर्णपदक प्राप्त गरेको हो। सो इभेन्टमा टप्स उमाविका मेनुका गुरुङ र मनिषा चौधरीको जोडी तथा माउण्ट एभरेष्टका जेरुषा राना र स्मृति पोखरेलको जोडीले कास्य पदक प्राप्त गरेको छ।
यु–१२ गल्र्स सि·लतर्फको खेलमा माउण्ट एभरेष्टकी जेरुषा रानाले स्वर्णपदक प्राप्त गरेकी छन्। उनले फाइनलमा माउण्ट एभरेष्टकै स्मृति पोखरेललाई २१–१९, १३–२१ र २१–१७ ले पराजित गरेकी थिइन्।सो इभेन्टमा टप्सकी मनिषा चौधरी र टप्सकै मेनुका गुरुङले कास्यपदक प्राप्त गरेका छन्।
यु–१६ गल्र्स सि·लतर्फको खेलमा टप्स उमाविकी प्रतिभा गुरुङले माउण्ट एभरेष्टकी स्वेच्छा श्रेष्ठलाई २०–२२, २१–१५ र २१–१२ ले पराजित गरिन्। अर्को खेलमा टप्सकी पुष्पा चौधरीले माउण्ट एभरेष्टकी सविना परियारलाई २२–२०, २१–१६ र २१–११ ले पराजित गरिन्।
यु–१६ ब्वाइज सि·लतर्फको खेलमा माउण्ट एभरेष्टका राजबहादुर चौधरीले आÇनै विद्यालयका लविस गुरुङलाई २१–१५, २१–१६, पोखरा एकेडेमीका प्रदीप अधिकारीले टप्सका दिपल गुरुङलाई २१–१९, १४–२१ र २१–१८, माउण्ट एभरेष्टका राजबहादुर चौधरीले सिद्धार्थका प्रवेश श्रेष्ठलाई २१–११, २१–५, माउण्ट एभरेष्टका लविस गुरुङले कुमदिनीका असीमकाजी श्रेष्ठलाई २१–१५, २१–१४, पोखरा एकेडेमीका प्रदीप अधिकारीले कुमुदिनीका विकल गुरुङलाई २१–९, २१–१४ र टप्सका दिपल गुरुङले माउण्ट एभरेष्टका सुजन हिताङलाई २२–२०, २१–१८ र २१–१३ ले पराजित गरे।
यु–१२ ब्वाइज सि·लतर्फको खेलमा सिद्धार्थ बोर्डिङ स्कुलका अविरल गुरुङले शान्तिनिकेतनका गोपाल थापालाई २३–२१, २१–१८ ले पराजित गरे भने अर्को खेलमा प्रगति उमाविका विधान अधिकारीले पोखरा एकेडेमीका राजन जिसीलाई २१–१४ र २१–१८ ले पराजित गरे।प्रतियोगिताको समापन कार्यक्रम म·लबार हुने कास्की जिल्ला ब्याडमिन्टन सङ्घका सहसचिव पुरन कुँवरले जानकारी दिए।

निमन्त्रणाः समापन कार्यक्रम भोलि भदौ १२ गते दिउँसो १ बजे
प्रमुख अतिथिः युवराज लामा, सदस्य–सचिव– राष्ट्रिय खेलकुद परिषद्

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.