कुवेतमा २४ अगष्त २०१२ का दिन, सफलतापूर्वक सम्पन्न भएको मित्रता युगल साँझका सम्पूर्ण सहयोगी कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु, नेपाली राजदूतावास कुवेत, गैर-आवासिय नेपाली सँघ, लालीगुराँस साँस्कृतिक परिवार, नेपालकुवेत साँस्कृतिक मञ्च, तामाङ घेदुङ कुवेत, वेष्टर्न युनियन मनी ट्रान्सफर, नेपालकुवेत डटकम, कुवेतनेपाल डटकम, डिजे सहयोगी श्री धर्मराज गिरीज्यू, कलाकार राजेन्द्र बिरही, ब्यानर डिजाईनर, उद्घोषकज्यूहरु लगायत उक्त कार्यक्रममा प्रत्यक्ष वा परोक्ष रुपमा आर्थिक, भौतिक एवं बौद्दिक क्षेत्रबाट सहयोग पुर्याउनु हुने सम्पूर्ण हाम्रा शुभचिन्तकहरु, स्वयंसेवकहरु, बुद्दिजिबी महानुभावहरु, कलाकारहरु एबं संगितप्रेमी दर्शकबृन्दहरुमा यहाँहरुले गर्नुभएको सहयोगको लागि युगल साँझका हामी कलाकार द्वय बिबी मल्ल ठकुरी एवं डिबी लोप्चन तामाङले उच्च कदर तथा प्रशंसा गर्दै यहाँहरु सबैलाई मुरीमुरी धन्यवाद टक्र्याउन चाहन्छौं । साथै, भविष्यमा पनि हाम्रा हरेक कार्यक्रमहरुमा यसरी नै यहाँहरुको सहयोग, सल्लाह एवं सुझावको अपेक्षा गर्दछौं ।
धन्यवाद,
बिबी मल्ल ठकुरी एवं डिबी लोप्चन तामाङ
मित्रता युगल साँझ-२०१२, कुवेत