आचार्य प्रभा/डेन्भर
(कोलोराडो)
अगस्ट २७ बर्तमान नेपालको अस्थिर राजनैतिक ब्यवस्थाका कारण उत्पन्न धार्मिक,सामाजिक,आर्थिक अस्तब्यस्तताले मुलुक अन्योलको दलदलमा फँसेको सर्वबिदितै छ । यसप्रती चिन्ता र चासो राख्नु एक नेपाली भएको नाताले हामी सबैको कर्तब्य हुन आउँछ । देशको समग्र उन्नतिकालागी सर्वप्रथम राजनैतिक स्थिरता,शान्ति,सुब्यवस्था र अमनचयन कायम राख्नु र यसप्रति सबै बर्ग र सबै पक्ष गम्भिर बन्नु हालको अवस्थामा अत्यन्तै जरुरी देखिएको छ । मुलुकको यसै परिस्थितीलाई मध्यनजर गर्दै कोलोराडोबासी नेपालीहरुको एक भेलाले हिजो एक भेट्घाट र अन्तर्कृयाको आयोजना गरेको छ । नेपालको राष्ट्रियता,प्रजातन्त्र,धार्मिक सहिष्णुता र सामाजिक सुरक्षाको निम्ति आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग र सद्भाव प्रकट गर्न हिजोको भेलाले आगामी केही दिनमै ” प्रवासी नेपाली एकता समाज कोलोराडो ” नामक समुह गठन गरी कार्यक्रम शुरु गर्नेछ । जो जहाँ रहे पनि आफ्नो देश नेपालको हित र संरक्षणको निम्ति हर नेपालीले सोँच्नु सबैको आ-आफ्नो परम कर्तब्य हो । यही कुरालाई मध्य नजर गर्दै प्रवासमै रहेर पनि देशको जर्जर अवस्थालाई माथी उठाउन होस्टेमा हैंसे गरेर नेपालभित्र रहेका राष्ट्रप्रेमीहरुमा अझ हौशला र थप प्रेरणा होस् भन्नका लागी पनि कोलोराडोबासी (अमेरिका ) केही नेपालीहरुले उक्त भेलाको आयोजना गरी यो समुह गठन गर्ने प्रण गरेको हो ।
हिजोको त्यस भेलाले नेपालबाट आउनु भएकी बरिष्ठ गायिका एंव राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल )की केन्द्रिय सदस्य श्रीमती मिरा राणाको प्रमुख आतिथ्यमा कोलोराडो स्थित श्री श्याम श्रेष्ठ तथा शान्ति श्रेष्ठको निवासमा निम्न महानुभावहरुको उपस्थिती रहेको थियो । उक्त भेलाले बरिष्ठ गायिका श्रीमती मिरा राणा जो राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालकी केन्द्रिय सदस्य हुनुहुन्छ,वहाँलाई स्वागत गर्दै आगामी बैठकमा वहाँलाई हार्दिक आमन्त्रण समेत गरिएको छ ।
उपस्थिती हुनुहुनेहरुको नामावली यस प्रकार छ
१ ) श्री डम्बर बहादुर के.सी
२ )श्री उदयजंग राणा
३ ज्ञानेन्द्र गदाल
४ ) शान्ति श्रेष्ठ
५ )श्याम श्रेष्ठ
६ )सुरेन्द्र श्रेष्ठ
७ )रुबी श्रेष्ठ
८ )निर्मल प्याकुरेल
९ )पदम विश्वकर्मा
१० )शान्ति के.सि