नेपाली जनप्रगतिशिल मंच यूएई सहित ,गोर्खाली सेवासमाज,एन.आर.एन. र आदिबाशी जनजाती युवा परिषद द्वरा संयुक्तरुपमा उद्दार


                                                                                                                                                            निमकान्त पाण्डे ,युएई –  नेपाली जनप्रगतिशील मंच ,यूएईले बिगतमा जस्तै प्रवासमा आएर विभिन्न  समस्यामा पर्ने नेपालीहरुको उद्दारमा अन्य संघ सस्थाहरुसंग समेत सहकार्य गर्दै दुई भिन्न-भिन्न सम्पर्कमा ३ नेपाली महिलालाई उद्दार गर्न सफलता हासिल गरेको छ । पहिलो घटना यही अगष्ट १९ तारिख को हो l  चितवन घर भएकी एक माया गुरुङ ( नाम बदलेको ) नाम गरेकी महिला घरमा कामगर्ने कामदारको रुपमा विदेश आएको ६ महिनामा नै साहुको उत्पीडनबाट आजित भएर ज्यान जोगाएर भाग्न सफल भएपछि गोर्खाली समाज र नेपाली जनप्रगतिशील मंचसंगको सम्पर्कमा आएपछि दुवै संगठनको संयुक्त प्रयास पश्चात उद्दार कार्यमा सफलत प्राप्त भएको हो ।
घटना अनुसार उनि ६ महिना पहिले दुबईको एउटा कामदार सप्लायर कम्पनीमा काम गर्न रोजगारीको शिलशिलामा यूएई आएकी थिइन । काम गर्न थालेको २/३ महिनामा नै संगै कामगर्ने सिनियर सहकर्मीले खाना पनी नदिने दिनरात काममा लगाई रहने र दुखदिने गरेपछि काम गर्ने अफिसलाई जानकारी गराउदा उनलाई काम गर्न ओमानमा पठाएको थियो ।  त्यसपश्चात झन् उनको जीवनमा कालो दिन सुरु भयो l जब उनि ओमानमा पुगिन अनि उनलाई सम्पूर्ण सम्पर्कबाट बिच्छेद गराउदै एकान्तको घरमा लगेर आफन्त ,साथीभाई , घरपरिवार सहित कोहिसंगपनी फोनमा समेत  सम्पर्क गर्न नदिने, खान पनी नदिने र पैसापनि नदिए पछि उनि साहु संग कम्तिमा घर सम्पर्क गर्न पाउ भन्दै सधै रुने गर्थिन l कैयौ पटक उनलाई साहुले हातपात समेत गर्न खोजेको तर एदी त्यस्तो गरे आफुपनि मर्ने र उसलाई पनी मारी छाड्ने धम्कि दिएको समेत उनि बताउ छिन ।  कैयौ पटक निराश भएर लगभग आत्म हत्याको धम्कि समेत दिए पछि बल्ल साहुले आफ्नो व्यवहारमा परिवर्तन गरेको जानकारी दिइन । तत्पश्चात उनलाई फेरी काम गर्ने शिलशिलामा अबुधाबीमा रहेको उसको छोराको घरमा पठाएपछि उनि बल्ल आबुधाबीमा आएकी थिइन तत पश्चात उनले दुबईमा रहेको  काम गर्ने कम्पनीमा बल्ल बल्ल सम्पर्क गरेर आफुले पैसापनि नपाएको र पिडा भोग्नु परेकोले अन्यत्र सारिदीन फेरी हार-गुहार गर्दा कम्पनीले समेत उसको घरबाट अन्यत्र सार्न नसक्ने बरु त्यहाँ बाट भाग्न सके भाग्न सल्लहा दिएपछि एकदिन छोराको घरबाट समेत सारेर फेरी मालिकको छोरीको घरमा सार्ने बेलामा उनि भाग्न सफल भएकी थिइन ।  बाटोमा फेला परेको एकजना बंगाली ड्राईबरको  गाडीमा चढेर मलाई नेपाली दुताबास पुर्याइदे भनेपछि सो बंगालीले चिनेको एकजना नेपाली लाक्पा तामांगको सम्पर्कमा ल्याएको र सोहि नेपालीले  बल्ल गोर्खाली सेवा समाजका आबुधाबी क्षेत्रीय समितिका अध्यक्ष रामशरण अधिकारीको सम्पर्कमा आएपछि उहाले आवश्यक परामर्श र सहयोगको लागि नेपाली जनप्रगतिशिल मंच,यूएईका अध्यक्ष श्याम ” शंकल्प ” लाई सम्पर्क गरी उहाकै सहयोगमा पिडित महिलालाई  नेपाली दुताबास सम्म पुर्याउने काम हुन सकेको थियो ।
फेरी अर्को घटना                                                                                                                                                                                                                                              यसरी  एक जना महिलालाई दुताबासको जिम्मा लगाएर आएको दोश्रो २१ तारिखको दिन फेरी अर्का एकजना आदिबाशी जनजाति युवा परिषद्का केन्द्रिय सह-कोषाध्यक्ष दिपेन्द्र राईको सम्पर्कमा आएका अलकुज भन्ने ठाउका दुइजना महिलालाई कोठा भित्र थुनेर खान पिउन समेत नदिएर  अफिसको दोश्रो तल्लामा बन्धि बनाएर राखेको कोठाबाट झ्यालको सिसा फुटाएर हाम्फाल्दै भाग्ने संखुवासभा, ७ घर भएकी कलि राई र इटहरीकी न.पा.५ रुपिकी, कुमारी ढकाल ( नाम बदलेको ) नाम गरेकी महिलाहरुलाई युवा परिषदका कार्यबाहक अध्यक्ष आसिस राइले नेपाली जनप्रगतिशील मंच,यूएईका अध्यक्ष श्याम “शंकल्प” संग आफु काममा भएको कारण उद्दारकोलागी दिनु भएको जानकारी पश्चात ति महिलाको सम्पर्क नम्बरमा सम्पर्क गरी बुज्दा ति महिलाहरु सो अफिसबाट भागेर एकजना बंगाली ड्राइबरको सहयोगमा अबुधाबी आउदै गरेको र उनीहरु ज्यावल अलि भन्ने ठाउमा आइसकेको जानकारी सो ड्राईबरले  गराएको थियो  ।      यसरि भाग्ने क्रममा माथिल्लो तलाबाट हाम्फालेका कारण कुमारी ढकालको खुट्टासमेत मर्किएको थियो  । बाटोमा आउदा आउदै सम्पर्कमा एन.आर.एन. यू.ए.ई.का अध्यक्ष चन्द्र रोक्कालाई समेत घटनाको जानकारी भए पश्चात आबुधबिमा बस्ने एन.आर.एन. महिला समितिकी उपाध्यक्ष सिमा बिष्टलाई खबर गरी सबैको निर्देशन र सहयोगमा नेपाली दुताबास सम्म पुर्याउने र भेट्ने काम भयो । अलकुज देखि हतारमा भागेर आउदा ट्याक्सीमा आउनु परेका कारण उठेको ठुलो भाडाको  रकम समेत नेपाली जनप्रगतिशील मंच यूएई,एन.आर.एन.,र जनजाती परिषद यू.ए.ई.ले संयुक्त रुपममा दिने गरी तत्कालका लागि नेपाली जनप्रगतिशिल मंच ,यूएई.अबुधाबी क्षेत्रीय समितिको उपाध्यक्ष राज भुषाल र कोषाध्यक्ष बिमला भुषालले रातको ११:३० बजे दुताबास पुगेर सो रकमको व्यवस्था गर्नु भएको थियो ।  जसको लागि सबै सस्थाको तर्फबाट उहाहरुलाई धन्यबाद समेत दिइएको थियो  ।
रातको समय समेत नभनी सम्पर्क मार्फत  दुताबासले ति दुबै महिलाहरुलाई बस्नको लागि दुताबासको तर्फबाट गरेको  सहयोग प्रति नेपाली जनप्रगतिशील मंच ,यूएई,एन.आर.एन. र आदिबाशी जनजाती युवा परिषद ,यूएईको तर्फबाट संयुक्तरुपमा धन्यबाद दिएका छन ।  ति महिलाहरु पहिले पनी पिडामा परेका कारण उद्दारकालागि दुताबास आएको र कम्पनीले नेपाल पठाउने वा उनीहरुलाई चित्तबुझ्ने काममा लगाउने सर्तमा सो दलालले कामदारहरुको राजीखुसीले पुन लगेको तर उल्टो थुनेर लामो समयसम्म यातना दिएर राखेको कुरा ति महिलाहरु बताउछन । जेहोस उनीहरुलाई अब तुरुन्तै सम्बन्धित व्यक्ति, कम्पनी वा दलालहरुसंग सम्पर्कगरी उचित क्षतिपूर्ति सहित स-कुसल नेपाल पठाउने बिषयमा नेपाली दुताबासले बिशेष पहल गर्ने कुरा महामहिम राजदुत धनन्जय  झा बताउनु हुन्छ । स्मरण रहोस नेपालबाट बैदेशिक रोजगारीमा आउदा नेपाल सरकारले घरेलु महिलाको रुपमा कामगर्नेहरुका लागि बनाएको बैधानिक प्राबधानबाट नआएर अप्ठेरोमा पर्ने यी तीन जना बैनी सहित लगभग यस्तै घटना बाट पिडित ११ जना महिलाहरु  यति बेला दुताबासको शरणमा छन,जसका कारण दुताबासमा खान-बस्न समेत निकै कठिन भएको छ भने दुताबासले सकेसम्म उनीहरुको सजिलोको लागि निक्कै ध्यान समेत राखेको देखिएको छ ।

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.