“अ.ने.सा.स.कोलोराडो च्याप्टरको नियमित कबि गोष्ठी तथा मोती जयन्ती कार्यक्रम सफलता पूर्वक सम्पन्न “


आचार्य प्रभा
डेन्भर /कोलोराडो
अगस्त २७- अ.ने.सा.स.कोलोराडो च्याप्टरले संचालन गर्दै आइेरहेको साहित्य सँगम कबि गोष्ठी अगस्त महिनाको कार्यक्रम तथा मोती जयन्ती यही २५ अगस्त शनिबारको दिन कोलोराडो च्याप्टरका महा सचिव राजु सिटौलाको आतित्थ्यमा कोलोराडो स्कुल अफ माइन्स(गोल्डेन)मा सफलता पुर्वक सम्पन्न गरियो।कार्यक्रमको संचालन कोलोराडो च्याप्टरका अध्यक्ष पदम विश्वाकर्माले गर्नु भएको थियो । उक्त कार्यक्रमममा बरिष्ठ कथाकार तथा साहित्यकार मनु ब्राजाकी ज्यु तथा रक्किमाउन्टैनका अध्य्क्ष श्री सुरेन्द्र श्रेष्ठको पनि उपस्थिती थियो । कार्यक्रमको शुरुवात सुरेन्द्र श्रेष्ठ ज्युको मन्तब्यबाट भएको थियो । उक्त कार्यक्रममा पदम विश्वकर्मा ज्युले युवा कबि मोती राम भट्टको छोटो जीवनी र उनको नेपाली साहित्यप्रतिको योगदान ’bout चर्चा गर्नुभएको थियो । कार्यक्रमको अर्को प्रस्तुतिमा सबै सर्जकहरुले आ -आफ्ना रचना पाठ गर्नु भएको थियो । उक्त कार्यक्रममा नयाँ युवा बर्गहरुको जमघट थियो । आ-आफ्ना रचना पाठ गर्नुहुनेहरुमा गजलकार मनु ब्राजाकी,आचार्य प्रभा,बासुदेव खनाल,कपिल सुबेदी,केशब आचार्य,समुन्नत लामिछाने,राजु सिटौला,दिप्ती आचार्य हुनुहुन्थ्यो । कार्यक्रम छोटो मीठो र रमाइलो साथ सम्पन्न भएको थियो ।उक्त कार्यक्रममा साहित्यनुरागीहरु तथा रचना श्रवण गर्नुहुनेहरुमा रुबी श्रेष्ठ,तारा प्रशाद पाण्डे,योगेश कोईराला,सुनिल गिरी,रबिन्द्र शर्मा,राम न्यौपाने,आकाश अधिकारी हुनुहुन्थ्यो । कार्यक्रमको अन्त्यमा अध्यक्ष पदम विश्वाकर्मा ज्युले सबै उपस्थित महानुभावहरुप्रती आभार ब्यक्त गर्दै कार्यक्रमको बिसर्जन गर्नु भएको थियो ।उक्त कार्यक्रममा तस्बिर लिईदिएर रुबी श्रेष्ठले सहयोग गर्नु भएको थियो। कार्यक्रमको अन्त्यमा जलपानको आयोजना पनि गरिएको थियो ।

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.