Daily Archives: 28/08/2012

गैर आवासिय नेपाली सँघ कुवेतको जरुरी सूचना !!


मिति: २८ अगष्त २०१२

आदरणीय कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु;

गैर-आवासिय नेपाली सँघले निकट भबिष्यमा नेपालको हाईड्रो पावर प्रोजेक्टमा सामुहिक रुपमा ठुलो धनराशीको लगानी गर्ने योजना रहेको तथा राष्ट्रिय समन्वय परिषद् कुवेतले समेत उक्त प्रोजेक्टमा सहभागीता जनाउने जानकारी गराउँदै, सम्पूर्ण इच्छुक कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई पनि सामुहिक तथा सुरक्षित लगानिमा सेयरको लागि सुर्वण अवसर रहेको गैर-आवासीय नेपाली सँघ, राष्ट्रिय समन्वय परिषद् कुवेतको तर्फबाट सार्वजनिक गर्दछौं । पढ्नेक्रम जारी राख्नुहोस्

मित्रता युगल साँझका सम्पूर्ण सहयोगीहरुलाई हार्दिक धन्यवाद !!


कुवेतमा २४ अगष्त २०१२ का दिन, सफलतापूर्वक सम्पन्न भएको मित्रता युगल साँझका सम्पूर्ण सहयोगी कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु, नेपाली राजदूतावास कुवेत, गैर-आवासिय नेपाली सँघ, लालीगुराँस साँस्कृतिक परिवार, नेपालकुवेत साँस्कृतिक मञ्च, तामाङ घेदुङ कुवेत, वेष्टर्न युनियन मनी ट्रान्सफर, नेपालकुवेत डटकम, कुवेतनेपाल डटकम, डिजे सहयोगी श्री धर्मराज गिरीज्यू, कलाकार राजेन्द्र बिरही, पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली जनप्रगतिशिल मंच यूएई सहित ,गोर्खाली सेवासमाज,एन.आर.एन. र आदिबाशी जनजाती युवा परिषद द्वरा संयुक्तरुपमा उद्दार


                                                                                                                                                            निमकान्त पाण्डे ,युएई –  नेपाली जनप्रगतिशील मंच ,यूएईले बिगतमा जस्तै प्रवासमा आएर विभिन्न  समस्यामा पर्ने नेपालीहरुको उद्दारमा अन्य संघ सस्थाहरुसंग समेत सहकार्य गर्दै दुई भिन्न-भिन्न सम्पर्कमा ३ नेपाली महिलालाई उद्दार गर्न सफलता हासिल गरेको छ । पहिलो घटना यही अगष्ट १९ तारिख को हो l पढ्नेक्रम जारी राख्नुहोस्

११ औं जिल्लास्तरीय अन्तरमावि इन्द्रबहादुर गुरुङ स्मृति ब्याडमिण्टन प्रतियोगितामा तीनवटा स्वर्णपदकको छिनोफानो सम्पन्न


पोखरा, ११ भदौ- कास्की जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा पोखरा र·शालास्थित ब्याडमिन्टन कोर्टमा सञ्चालित ११ औं जिल्लास्तरीय अन्तरमावि इन्द्रबहादुर गुरुङ स्मृति ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत यु–१६ ब्वाइज डबलतर्फको खेलमा माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका राजबहादुर चौधरी र सुजन हिताङको जोडीले स्वर्णपदक प्राप्त गर्न सफल भएको छ।सोमबार भएको फाइनल खेलमा पोखरा एकेडेमीका प्रदीप अधिकारी र आदित्य कार्कीको जोडीलाई २३–२१ र २१–९ ले पराजित गर्दै माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका राजबहादुर चौधरी र सुजन हिताङको जोडीले स्वर्णपदक प्राप्त गर्न सफल भएको हो। पढ्नेक्रम जारी राख्नुहोस्

“अ.ने.सा.स.कोलोराडो च्याप्टरको नियमित कबि गोष्ठी तथा मोती जयन्ती कार्यक्रम सफलता पूर्वक सम्पन्न “


आचार्य प्रभा
डेन्भर /कोलोराडो
अगस्त २७- अ.ने.सा.स.कोलोराडो च्याप्टरले संचालन गर्दै आइेरहेको साहित्य सँगम कबि गोष्ठी अगस्त महिनाको कार्यक्रम तथा मोती जयन्ती यही २५ अगस्त शनिबारको दिन कोलोराडो च्याप्टरका महा सचिव राजु सिटौलाको आतित्थ्यमा कोलोराडो स्कुल अफ माइन्स(गोल्डेन)मा सफलता पुर्वक सम्पन्न गरियो। पढ्नेक्रम जारी राख्नुहोस्

प्रवासी नेपाली एकता समाज कोलोराडो अमेरिका


आचार्य प्रभा/डेन्भर
(कोलोराडो)

अगस्ट २७ बर्तमान नेपालको अस्थिर राजनैतिक ब्यवस्थाका कारण उत्पन्न धार्मिक,सामाजिक,आर्थिक अस्तब्यस्तताले मुलुक अन्योलको दलदलमा फँसेको सर्वबिदितै छ । यसप्रती चिन्ता र चासो राख्नु एक नेपाली भएको नाताले हामी सबैको कर्तब्य हुन आउँछ । पढ्नेक्रम जारी राख्नुहोस्

गोपनीयता राख्न धेरै मोबाइल


सुजित महत/योगेश खतिवडा

काठमाडौ, भाद्र १२ – प्रहरी अधिकृतहरू सामान्यतया दुईवटा मोबाइल प्रयोग गर्छन् । चल्तापुर्जा र वरिष्ठ अधिकृतसँग तीनवटा मोबाइल हुनु प्रहरीमा सामान्य मानिन्छ । तिनले मोबाइलको नेटवर्क समस्याले मात्र एकभन्दा बढी मोबाइल प्रयोग गरेका होइनन् । ‘कल/एसएमएस डिटेल (सीडीआर) अरूले लिएर गोपनीयता भंग गरिदेला भन्ने त्रास धेरैले एकभन्दा बढी मोबाइल बोक्छन्,’ एक प्रहरी अधिकृत भन्छन् । पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रपति यादब र माओवादी अध्यक्ष प्रचण्डबीच भेट


भोली नै सहमति हुने प्रचण्डको विश्वास
१२ भदौ, काठमाण्डौ । राष्ट्रपति डाक्टर रामबरण यादबले दलहरुबीच छिटो सहमति जुटाउन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति भवन सितल निवासमा आज भएको भेटमा राष्ट्रपतिले राजनीतिक गतिरोधका ’boutमा सोचेर काम गर्न प्रचण्डलाई आग्रह गर्नुभयो । पढ्नेक्रम जारी राख्नुहोस्