राष्ट्रपतिसमक्ष चार वटा अध्यादेश पठाउने सरकारको निर्णय


प्रहरीमा एक हजार दरबन्दी थप-
अर्जुन सुवेदी, काठमाडौँ, भदौ ११ – मन्त्रिपरिषद्को बैठकले चार वटा अध्यादेश पारित गरी स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ। स्वास्थ्य, शिक्षा, सामान्य प्रशासन र बेपत्ता छानबिनसम्बन्धी चार वटा अध्यादेश आज बसेको बैठकले पारित गरेको हो। स्वास्थ्य ऐन संशोधन, शिक्षा ऐन संशोधन, स्थानीय प्रशासन ऐन संशोधन र बेपत्ता भएका व्यक्तिको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग अध्यादेश सरकारले पारित गरेको हो।

त्यसैगरी नेपाल प्रहरीमा १ हजार ४१ दरबन्दी थप गर्ने निर्णय आजको बैठकले गरेको छ। प्रहरीले थप १० हजार दरबन्दी माग गरेकोमा यसअघि ४ हजार र आजको बैठकले १ हजार थप गरेको हो।

त्यसैगरी सर्वोच्चका न्यायाधीश रणबहादुर बमको हत्यासम्बन्धी छानबिन गर्न गठित आयोगको म्याद भदौ ५ देखि एक महिना थप गर्ने निर्णय पनि सरकारले गरेको छ।

प्रधान सेनापतिमा गौरवशमशेर राणालाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको छ। राणा अहिले कायममुकायम प्रधानसेनापति छन्।

यस्तै भेषबहादुर कणेलले राजीनामा दिएपछि रिक्त रहेको नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि सिफारिस गर्न सूचना तथा सञ्चार मन्त्रालयका सचिवको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय पनि आजको बैठकले गरेको छ।

यसैगरी उपसचिव विनोदकुमार देवकोटालाई सहुसचिवमा बढुवा गरिएको छ।

Source:nagarik

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.