Daily Archives: 27/08/2012

राष्ट्रपतिसमक्ष चार वटा अध्यादेश पठाउने सरकारको निर्णय


प्रहरीमा एक हजार दरबन्दी थप-
अर्जुन सुवेदी, काठमाडौँ, भदौ ११ – मन्त्रिपरिषद्को बैठकले चार वटा अध्यादेश पारित गरी स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ। स्वास्थ्य, शिक्षा, सामान्य प्रशासन र बेपत्ता छानबिनसम्बन्धी चार वटा अध्यादेश आज बसेको बैठकले पारित गरेको हो। स्वास्थ्य ऐन संशोधन, शिक्षा ऐन संशोधन, स्थानीय प्रशासन ऐन संशोधन र बेपत्ता भएका व्यक्तिको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग अध्यादेश सरकारले पारित गरेको हो। पढ्नेक्रम जारी राख्नुहोस्

विमानस्थल’bout वार्ता मन्त्रिपरिषद् पछिमात्र


११ भदौ, पोखरा – पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निमार्णको माग सहित आन्दोलनमा उर्त्रिएका पोखरा बासीले आजको मन्त्रिपरिषद बैठक पछि मात्र सरकारसँग बार्ता गर्ने भएका छन् । सरोकार समितिसँग बार्ता गर्न पर्यटन तथा नागरिक उड्यनमन्त्री पोष्टबहादुर बोगटी जाने भनिएपनि मन्त्रिपरिषदको बैठक पछि सरकारले गरेका निर्णय लिएर मात्र बार्तामा आउन उनीहरुले माग गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

सडकबाट कराउँदैमा राजीनामा आउँदैन : मन्त्री पुन


गजेन्द्र बोहरा, दाङ, भाद्र ११ – एकिकृत माओवादीका नेता तथा अर्थमन्त्री वर्षमान पुनले राजनीतिक सहमति विना प्रधानमन्त्रीको राजिनामा आउने कुनै सम्भावना नभएकाले सहमति विनै वर्तमान सरकारको विकल्प खोज्नु निरर्थक हुने बताएका छन्। अहिले विपक्षी दलहरुले सडकबाटै प्रधान मन्त्रीलाई हटाउने बताएपनि त्यो सम्भव नभएको भन्दै पुनले भने, ‘त्यो प्रयास निरर्थक हुनेछ ।   पढ्नेक्रम जारी राख्नुहोस्