मेरिल्याण्डमा एक नेपाली युवाले गरे आत्महत्या


बाल्टिमोर,अमेरिका- मेरिल्याण्ड राज्यको राजधानी शहर एन्नापोलिस भन्ने ठाउंमा बस्दै आएका कृष्ण केसी नामका एक नेपाली युवाले आत्महत्या गरेका छन् | शुक्रवार राती करीब नौ बजेतिर उनी घरबाट बाहिर निस्केका थिए | धेरैबेरसम्म नफर्केपछि उनका भतिज र ज्वाईंले उनको फोनमा सम्पर्क प्रयास गरेका थिए | फोन नउठेपछि राती नै उनीहरुले प्रहरीलाई कृष्ण हराएको ’bout जानकारी गराए र राती करीब ११ बजेतिर प्रहरी उनी बसेको अपार्टमेन्टमा पुगेर आवश्यक जानकारी लिएर फर्केको थियो | रातभर नफर्केपछि शनिवार बिहानै उनको खोजीमा निस्केका उनका आफन्त र नातेदारले कहीं फेला पार्न नसकेपछि घर फर्कदै गर्दा अपार्टमेन्ट नजिकै प्रहरीको गाडी देखे | उनीहरुले प्रहरीसंग सोधपुछ गर्दा अपार्टमेन्ट नजिकैको एक रुखमा पासो लगाई आत्महत्या गरेको अवस्थामा मृतक  केसीको शव फेला परेको  प्रहरीले जानकारी दियो |

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.