चन्द्रमामा पहिलो पाइला टेक्ने आर्मस्ट्रङको निधन


१० भदौ, काठमाण्डौं – चन्द्रमामा पहिलो पटक पाइला टेकेर नयाँ किर्तीमान राख्न सफल अन्तरिक्ष यात्री निल आर्मस्ट्रङको निधन भएको छ । ८२ बर्षका आर्मस्ट्रङको शनिबार मृत्यु भएको परिवारीक स्रोतले जनाएको छ । आर्मस्ट्रङको गत अगस्त ७ मा मुटुको बाइपास सर्जरी गरिएको थियो । मुटुको सल्यक्रिया पछि उनको स्वास्थ्यमा थप जटिलता देखिएपछि उनको निधन भएको हो ।

आर्मस्ट्रङले सन् १९६९ को जुलाई २० मा ३८ बर्षको हुँदा चन्द्रमाको धरातलमा पहिलो पटक मानव पाइला टेकेका थिए । आर्मस्ट्रङ नासाको अपोलो ११ मिसनको कमान्डर थिए ।

आर्मस्ट्रङको मृत्युको खबर सार्वजनिक भएपछि अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले उनको निधनप्रति दुःख व्यस्त गरेको छ । एक विज्ञप्ती जारी गरी नासाले उनको साहसिक कदमको प्रसंशा गरेको छ । परिवारले पनि चन्द्रमालाई हेरेर निललाई सम्झन भनेको छ ।

Source: Onlinekhabar

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.