सुनारको जीवनरक्षामा सरकारले ब्लड-मनी दिने


देवेन्द्र भट्टराई, काठमाडौं, भाद्र ९ – संयुक्त अरब इमिरेट्स (युएइ)को शारजहामा व्यक्ति-हत्याको अदालती सजायमा मृत्युदण्ड पाउने स्थितीमा रहेका पर्वतका दुर्गाबहादुर सुनारका तर्फबाट मृतक परिवारलाई बुझाउनुपर्ने रगतबापतको पैसा ‘ब्लड-मनी’ सरकारले बेहोर्दिने भएको छ । ‘के-कति ब्लड-मनि चाहिने हो, त्यसमा केही बिउ-पैसा सरकारले राखिदिने भएको छ । र, एउटा नेपाली नागरिकलाई मृत्युदण्ड को सजायबाट छुट्कारा दिलाउन तत्कालै युएइ सरकारसग पहल हुने भएकोछ,’परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले भने । सुनसरी घर भएका गणेशबहादुर बस्नेतसग भएको सामान्य कुटाकुटमा बस्नेतको मृत्यु भएपछि सन् २००९ को जनवरी १४ देखि सुनार हिरासतमा थिए । उनलाई सन् २०१० मा शारजहाू अदालतले मृत्युदण्ड को सजाय सुनाएको थियो ।

यही सेप्टेम्बर अन्त्यसम्ममा युएइको अदालतलाई सुनारले मृतक परिवारलाई ‘ब्लड-मनी’ बुझाएको भन्ने कानूनी आधारको कागजात नबुझाएमा मृत्युदण्ड को तिथी तोकिने सक्ने भएकाले सरकारले आगामी साताभित्रमा सबै प्रकृया पुरा गर्ने भएको छ । पाूच बर्षअघि कुवेतमा डोल्मा शेर्पालाई मृत्युदण्ड को सजाय सुनाइदा पनि परराष्ट्र मन्त्रालयले ४ लाख रुपैंयाको ‘बिउ पैसा’ उठाएर अरु रकम गैर आवासीय नेपाली समुदायबाट संकलन गरी ब्लड-मनी बुझाएको थियो । त्यसबाट डोल्माको मृत्युदण्ड सजाय मिनाहा भएको थियो । परराष्ट्रले बैदेशिक रोजगार प्रबर्द्धन बोर्डलाई व्लड-मनीबापत आवश्यक पर्ने पुरै रकम अथवा ‘बिउ-पैसा’ व्यवस्था गर्न शुक्रबारै निर्देशन दिएको छ ।

काठमाडौं डल्लुमा बस्दै आएका मृतक बस्नेतका परिवार पनि निकै गरीब पृष्ठभूमीमा रहेकाले ‘ब्लड मनी’ अनिवार्यशर्त झैं देखिएको परराष्ट्रमा प्रोटोकलका अधिकारीले ‘बि्रफिङ’ गरेका छन् । ‘मृतक गणेशका बुबाआमा पनि शारीरिक रुपमा अशक्त रहेकाले र उनीहरु स्वयम्भुमा मकै पोलेर गरीखाने हैसियतमा रहेकाले उनीहरुलाई आर्थिक सहयोग जरुरी देखिएको छ,’ती अधिकारीले भने । मृतक गणेशका परिवारले सुनारकी आमा मनकुमारीसग २० लाख रुपैंयाको ब्लड-मनी मागेका भएपनि यसमा पनि केही कमी गर्न सकिने देखिएको छ ।

‘म आफैं बनीबुतो गरेर खान्छु, मसग २० लाख त के आज २० रुपैंया पनि नहोला,’एक्लो छोराको जीवनरक्षा गर्न काठमाडौंमा हारगुहार गर्दै आएकी दुर्गाबहादुरकी आमा ६४ बषिर्या मनकुमारीले कान्तिपुरसग भनिन्-‘सरकारले मेरो छोरालाई बचाइदेओस्, मेरो बिन्ती छ ।’ सरकारले ‘ब्लड-मनी’ बापत केही पैसा राखेपछि प्रवासी नेपाली समन्वय समितिलगायतका संस्थाले आवश्यक थप रकम संकलन गर्न पहल गर्ने भएका छन्

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.