सहमति जुटाएर मात्र अध्यादेश ल्याउः माओवादी


 भदौ, काठमाडौं – सरकारले विभिन्न अध्यादेश सिफरिस गर्ने तयनरी गरिरहेका बेला एकीकृत नेकपा माओवादीले दलहरुबीच सहमति जुटाएर मात्र अध्यादेश ल्याउन सुझाव दिएको छ । सरकार जसरी पनि अध्यादेश ल्याउने र विपक्षी दलहरु रोक्नेतर्फ लाग्दा थप संकट बढ्ने भन्दै माओवादीले कांग्रेस-एमालेसहितका दलहरुसँग सहमति गरेर मात्र अध्यादेशहरु ल्याउन सरकारलाई सुझाव दिएको हो । पार्टी कार्यालय पेरिसडाँडामा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा माओवादी प्रवक्ता अग्नि सापकोटाले दलहरुको सहमति विना सरकारले अध्यादेशहरु सिफारिस नगर्ने बताउनु भयो । उहाँले भन्नुभयो-’पार्टीको धारणा राजनीतिक सहमतिबाट मात्र अध्यादेश ल्याउने हो । त्यसका लागि माओवादीले पहल गर्छ ।’

दलहरु र सरकार तथा राष्ट्रपतिबीच द्वन्द्व बढाउन विभिन्न शक्ति लागिरहेको भन्दै उहाँले सहमतिबिना अध्यादेश लगे राजनीतिक टकराव उत्पन्न हुने बताउनु भयो । राष्ट्रपति डा. रामवरण यादवले निर्वाचनसम्वन्धी अध्यादेश अस्वीकार गरपेछि असन्तुष्ट बनेको सरकारले राष्ट्रपतिलाई नै संकटमा पार्ने गरी अध्यादेशहरु सिफारिस गर्ने तयारी गरेको छ ।

माओवादी प्रवक्ता सापकोटाका अनुसार सरकार सञ्चालनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा संयन्त्र गठन गरिएको छ । संयन्त्रले महंगी नियन्त्रण लगायतका विषयमा सरकारलाई तत्काल ठोस सुझाव दिनेछ ।

Source: Onlinekhabar

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.