डी.वी. लोप्चन र बि.बी. मल्लको मित्रता युगल साँझ भव्यतापूर्वक सम्पन्न


मिती २०१२, ०८, २४ शुक्रवार कुवैतको मालिया स्थित होटल एसिया एसियामा डी.वी.  लोप्चन र बि.बी. मल्लद्धारा, गरिएको सांगितीक क्रार्यक्रम   मित्रता युगल साँझ भव्यतापूर्वक सम्पन्न भयो ।उक्त कार्यक्रमको उदृघाटन कुवैतश्थित  नेपाली दुतावासका श्रम सहचारी श्रीमती  सृजना तिवारी र NRNA कुवैत का अध्यक्ष  श्री राजेन्द्र तामाङद्धारा गरिएको थियो। कार्यक्रममा  कलाकार द्धयलाई कुवैतश्थित उनीहरुका फ्यानले सम्मान श्वरूप खादा ओढाएका थिए । कुवेतमा यसरी स्थानिय गायक द्धयद्धारा आयोजना गरिएको यो पहिलो कार्यक्रम हो,उक्त युगल प्रस्तुति सफलतापुर्वक  सम्पन्न हुनुका साथै सम्पुर्ण कुवेत वासी नेपाली लाइ एक किसिमको छाप पनि छाडेको छ। कति नेपालीहरू यसैमरूभुमिमा वसी पैसा कमाइ, समय दुरूपयोग गरि , यसअराम जिवन विताइ रहेका छन त कति दु:खको मानो कमाइ खाइ रहेका छन त कति  आफु र आफ्नो देशको नाम राख्न भनि रात दिन प्रयत्न गरि रहेका छन। तेस्तै प्रयत्नरत गायकद्वय डी.वी.  लोप्चन र बि.बी. मल्ल पनी आफ्नो  डिउटिबाट बचेको समयलाइ सदुपयोग गरी आफ्नो देशको गहना  कलाकारीतालाइ  निरन्तरता दिदै आज उनिहरू यस स्थान सम्म आइ पुगेका हुन। मानिसको जिवनमा एकमुठी सास  रहुन्जेलसम्म केहि गर्नुनै राम्रो हुन्छ।, र केही गरेर यस संसारलाइ  छाडे पनि उसले गरेर गएको कुरा सवैले वाह वाह गर्नेछन सम्झनामा राख्ने छन र जिवनमा एतिकै वस्नु भन्दा केहित गर्नु पर्ने रहेछ  भन्ने विचारको सृजना गराइ दिएकाछन।

मित्रता साँझैमा स्वागत गर्छौ सवैको माझैमा भन्ने  बोलको गित गाएर  गायकद्धयले कार्यक्रमलाई साँगितीक माहौलमा लगेका थिए ।उक्तकार्यक्रमको स्पोन्सर  वेष्टन मनी युनियनले  गरेको थीयो। कलाकार सवैका साझा भन्ने मुल मन्त्रलाइ मनन गरी अर्कै सस्थाका कलाकार भएपनी।  नेपाल कुवैत साँस्कृतिक मन्चले व्यानर स्पन्सर गर्नुका साथै विभीन्न आन्तरिक काममा सहयोग गरेको देखीन्थ्यो । कार्यक्रमलाई सफल बनाउन नेपाल कुवैत साँस्कृतीक मन्च, लालीगुराँस साँस्कृतिक परिवार , तामाङ घेदुङ लगायतका सहयोगी सँस्थाहरुलाई गायकद्धयले कदर पत्र दिएर सम्मान गरेका थिए भने व्याक्तिगत रुपमा कार्यक्रमको सफलताको लागि मरिमेटेर लाग्ने लाई पनि सम्मान गरिएको थियो ।  मित्रता नामक गायकद्धयको भिडियो क्यासेटको गितलाई कार्यक्रमको मध्यान्तरमा प्रोजेक्टरद्धारा दर्शक शामु प्रस्तुत गरिएको थियो । उक्त भिडियो क्यासेटमा मोडेलका रुपमा समेत गायकद्धय आफैले अभिनय  गरेका  थिए ।

स्मरण रहोस, कुवेतमा यसरी स्थानिय गायकद्धयद्धारा आयोजना गरिएको यो पहिलो कार्यक्रम हो भने केही बर्ष पहिले राजेन्द्र विरहीले एकल साँझ प्रस्तुत गरेका थिए ।

2 responses to “डी.वी. लोप्चन र बि.बी. मल्लको मित्रता युगल साँझ भव्यतापूर्वक सम्पन्न

  1. wow . Great Job Welll Done Lopchan Dai And allll Nepalese Friends. Thank You.

  2. दल बहादुर र बल बहादुर को कार्यक्रम राम्रो थियो होला हेर्न समय मिलेन खैर जे होस् नेपाली समुदाय ले यो गर्मि महिना मा गतिलो कार्य गरेका हुन् /

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.