बाँदरले किन हेप्छन् महिला र केटाकेटीलाई ?


पशुपति दर्शन गर्न जाने महिला हैरान
८ भदौ, काठमाडौं – पुरुष प्रधान समाजकै कारण हामीमाथि थिचोमिचो भयो भनेर महिलाहरु कराउन थालेको धेरै भैसक्यो । हुन पनि धेरै पुरुषले महिलालाई हेप्छन् । महिला मात्र होइन हेपाई र भेदभावको शिकार केटाकेटी पनि हुने गरेका छन् । तर समाजमा पुरुषले मात्र होइन, बाँदरले समेत महिला र केटाकेटीलाई बढी हेप्ने गर्छन् ।पशुपति दर्शन गर्न जाने महिला र केटाकेटीलाई हिजोआज बाँदरले हैरान गर्ने गरेको छ । अरुबेला फूलप्रसाद खोसेर खाइदिने बाँदरले अहिले यसमा मात्र चित्त बुझाउँदैन । चिथोर्ने र पिट्ने काम समेत गर्ने गरेको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार दर्शनार्थी महिला र केटाकेटीलाई बाँदरले हैरान गर्ने गरेको छ । हरेक दिन कोही न कोही बाँदरको आक्रमणमा परेकै हुन्छन् ।

पशुपति क्षेत्र विकास कोषले पर्याप्त खानेकुरा छुट्याउन नसकेपछि भोका बाँदरले खानाकै लागि यसरी आक्रमण गर्ने गरेको स्थानीय व्यापारी र कोषका कर्मचारीको आशंका छ । तर पुरुषमाथि आक्रमण गर्न भने बाँदर डराउँछन् । महिला र केटाकेटीलाई चाहिँ देखि सहँदैनन् ।

‘कमजोर हुन्छन् भन्ने जानेरै आक्रमण’

पशुपतिमा मात्र होइन अन्यत्रका बाँदरले पनि महिला र केटाकेटीलाई हेप्ने गर्छन् । गाउँठाउँमा बाली खान आउने बाँदर लखेट्न पुरुष नै चाहिन्छ । महिला र केटाकेटीलाई बाँदरले टेर्दैनन् । उल्टै झम्टन्छन् । ‘महिला र केटाकेटी कमजोर हुन्छन् भन्ने कुरा बाँदरलाई थाहा छ, त्यसैले हेप्ने गर्छन्’ बाँदर सम्बन्धी विशेषज्ञ मुकेशकुमार चालिसेले भन्नुभयो । उहाँका अनुसार मानवजातिसँग नजिक भएका हुनाले बाँदरले सबैका विशेषता र प्रकृति छुट्याउन सक्छन् । को डराउँछ र को डराउँदैन भन्ने कुरा पनि बाँदरलाई राम्रोसित थाहा हुन्छ ।

‘महिला र केटाकेटी बाँदर देखेर रमाइलो मान्छन्, जिस्क्याउँछन्, तर बाँदर नजिकै आयो भने आत्तिएर भाग्छन्’ चालिसेले भन्नुभयो -’आफू देखेर तर्सनेलाई लखेट्ने जंगली जनावरको गुण हुन्छ, त्यसैले तर्सनेलाई झम्टने गर्छन् ।’बाँदर देखेर नआत्तिने हो भने उसले केही नगर्ने चालिसेले बताउनुभयो । पशुपति लगायतका मन्दिरमा बढी महिलाहरु जाने र उनीहरुले बाँदरलाई खानेकुरा दिने भएकाले पनि उनीहरुसँग बाँदर बढी झुम्मिने गर्छन् । ‘दर्शन गर्न आएका महिलामा केही न केही खानेकुरा हुन्छ भन्ने कुरा बाँदरलाई थाहा हुन्छ, त्यसैले उनीहरु खोस्न तम्सन्छन्’ चालिसेले भन्नुभयो ।

पुरुषले तत्काल प्रतिकार गर्ने, तर महिला र केटाकेटी उल्टो तर्सिएर भाग्ने भएकाले बाँदरले महिला र केटाकेटीलाई देखि सहँदैन । पशुपतिमा त हिजोआज खाना समेत कमी भएकाले भोकको झोँकमा बाँदरले आक्रमण गर्ने गरेका छन् ।

Source:Onlinekhabar

2 responses to “बाँदरले किन हेप्छन् महिला र केटाकेटीलाई ?

  1. Jaaba Baadar sanga ladna nasakne Aaimaai harule Nepalma Mahila, Purush barabari bhanera hak magchhan thu thu thu

  2. नाजुक हुन्छन भन्ने सोचेर हाेला नि है

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.