प्रेमीकासंग सम्भोग गर्दा मलेसियामा नेपाली ठहरै


८ भदौ, क्वालालम्पुर – सिंगापुरसँग सीमाना जोडिएको मलेसियाको जोहोरबारु शहरमा बिदेशी प्रेमिकासंग मस्ती गर्दागर्दै एक नेपालीको ज्यान गएको छ । जोहोरबारुको नुसाजयास्थित एक होटलमा आफ्नी भियतनामी प्रेमीकासित मस्ती गर्दागर्दै उनको ज्यान गएको हो । उमेरले आफुभन्दा करिब १५ बर्षले कान्छी २४ बषिर्य भियतनामी प्रेमीका लिएर त्यहाँको बजेट होटलमा पुगेका हरिबहादुर मगरको सम्भोग सकेपछि राती करिब ११ बजे मृत्यु भएको हो । घटना करिब ३ साताअघिको भएपनि नेपाली समूदायबीच यो खबर एकसाताअघि मात्रै जानकारीमा आएको थियो ।

स्थानीय दैनिक पत्रिका हरियान मेट्रोमा यही अगष्ट पहिलो अंकमा प्रकासित समाचारअनुसार यौनउत्तेजक औषधी सेवनपछि अत्याधिक ‘सेक्स’का कारण उनको मृत्यु भएको हो । दिँउसो करिब साढे तीन बजे हरिको जोडी चरम आनन्द लिन होटल प्रवेश गरेको थियो । राती ११ बजे उनकी प्रेमिकाले होटलमा खवर गरेकी थिइन् । स्खलित भएपछि सुतेको होला भन्ने सोंचेर चुप लागेकी प्रेमिका त्यतिबेला छाँगाबाट खसेजस्तै भइन जतिबेला प्रेमीको सास उडेको थाहा पाइन् । यौन उत्तेजक औषधीका कारण लखतरन परेकी प्रेमिका सकी-नसकी होटल व्यवस्थापनकहाँ खबर गर्न पुगेको प्रहरीसँगको सोधपुछका क्रममा बताइन् ।
जाँचबुझका क्रममा अत्याधिक उत्तेजक औषधी सेवनपछि यौनसम्पर्कका कारण हरिकी प्रेमीका चल्नै नसक्ने अवस्थामा थिइन् । यौनक्रिडाका कारण आफ्नो शरिर दुखेकाले बेलैमा होटल व्यवस्थापनमा खबर गर्न नसकेको आफुले पिल्स चक्की पनि खाएको बताएकी थिइन् ।
घटनाको प्रारम्भिक अनुसन्धानअनुसार सो कोठामा प्रयोग गरिसकेका दुई बोत्तल यौन उत्तेजक औषधी र एक क्यान बियरको बोत्तल थियो । लत्ताकपडाहरु छरिएका अवस्थामा थिए । घटनापछि मृतक हरिको शवलाई पोष्टमार्टमका लागि अस्पतालमा राखिएको र प्रेमीकालाई भने अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको उल्लेख गरिएको छ । तर यस’bout पछिल्लो जानकारी प्राप्त हुन सकेको छैन । मृतक हरिको नेपालस्थित ठेगानापनि खुल्न सकेको छैन । यहाँस्थित नेपाली दुतावासमा पनि कुनै जानकारी नआएको स्रोतले बतायो ।

Source:Onlinekhabar

3 responses to “प्रेमीकासंग सम्भोग गर्दा मलेसियामा नेपाली ठहरै

  1. ए हैन होला हौ । त्यस्तो पनि काँही हुनछ र ?

  2. मलाई त विश्वास लागेकै छैन हौ ।

  3. हुन पनि सक्छ

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.