Daily Archives: 24/08/2012

आज बिहान पनि भूकम्पका दुई धक्का


२४ घण्टा नबित्दै चार भूकम्प-
काठमाडौँ, भदौ ८- आज बिहान भूकम्पका दुई धक्का महसूस गरिएको छ। बिहान ६ बजेर २ मिनेट जाँदा ४.४ म्याग्निच्युड र बिहान ९ बजेर ४० मिनेट जाँदा ५.२ म्याग्निच्युडको भूकम्प खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले रेकर्ड गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

प्रेमीकासंग सम्भोग गर्दा मलेसियामा नेपाली ठहरै


८ भदौ, क्वालालम्पुर – सिंगापुरसँग सीमाना जोडिएको मलेसियाको जोहोरबारु शहरमा बिदेशी प्रेमिकासंग मस्ती गर्दागर्दै एक नेपालीको ज्यान गएको छ । जोहोरबारुको नुसाजयास्थित एक होटलमा आफ्नी भियतनामी प्रेमीकासित मस्ती गर्दागर्दै उनको ज्यान गएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

बाँदरले किन हेप्छन् महिला र केटाकेटीलाई ?


पशुपति दर्शन गर्न जाने महिला हैरान
८ भदौ, काठमाडौं – पुरुष प्रधान समाजकै कारण हामीमाथि थिचोमिचो भयो भनेर महिलाहरु कराउन थालेको धेरै भैसक्यो । हुन पनि धेरै पुरुषले महिलालाई हेप्छन् । महिला मात्र होइन हेपाई र भेदभावको शिकार केटाकेटी पनि हुने गरेका छन् । तर समाजमा पुरुषले मात्र होइन, बाँदरले समेत महिला र केटाकेटीलाई बढी हेप्ने गर्छन् ।पशुपति दर्शन गर्न जाने महिला र केटाकेटीलाई हिजोआज बाँदरले हैरान गर्ने गरेको छ । अरुबेला फूलप्रसाद खोसेर खाइदिने बाँदरले अहिले यसमा मात्र चित्त बुझाउँदैन । पढ्नेक्रम जारी राख्नुहोस्

बार्सिलानाद्धारा रियल मड्रिड पराजित


स्पेनिस सुपर कप फुटबलको पहिलो लेगमा बार्सिलोनाले चिरप्रतिद्धन्द्धी रियल मड्रिडलाई पराजित भएको छ । घरेलु मैदान नाउ क्याम्पमा बिहीबार राति भएको सिजनको पहिलो भेटमा बार्सिलोनाले रियल मड्रिडमाथि ३–२ को जित हात पारेको हो पहिलो हाप बराबरीमा सकिएको खेलको दोस्रो हापमा रियल मड्रिडले ५५ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोको गोलबाट अग्रता लियो । तर, त्यसको दुई मिनेटमा नै बार्सिलोनाका पेड्रोले बराबरी गोल फर्काए । पढ्नेक्रम जारी राख्नुहोस्

सृष्टिको मिस वर्ल्ड अनुभव- ‘प्रयास गरेँ, सकिन्’


धेरै आश गरिएकी यसपटककी मिस नेपाल सृष्टि श्रेष्ठले पनि अग्रजहरुको रित्तो हात फर्किने उपलब्धिलाई तोड्न सकिनन् । अघिल्लो साता चीनको ओडर्समा सम्पन्न मिस वर्ल्ड २०१२ मा सृष्टि सहभागी भएरैमात्र चित्त बुझाईन, उपाधि ल्याउने त परैको कुरा उत्कृष्ट १५ पनि पर्न सकिनन् ।काठमाण्डौ फर्किएकी सृष्टिले भने प्रतियोगिताबाट धेरै कुरा सिकेको बताईन् । कुनै अवार्ड ल्याउन नसकेपछि उत्कृष्ट प्रस्तुती दिन कुनै कसर बाँकी नराखेको सृष्टिको दावी छ । सबैतिरबाट माया र साथ पाएको भन्दै सृष्टिले खुशि व्यक्त गरिन् । पढ्नेक्रम जारी राख्नुहोस्