बुढाको हत्या गर्न ब्रा को पासो


स्तन छोप्न प्रयोग गरिने ब्रा अर्थात् वक्षकवच कहिलेकाहीँ मान्छे मार्ने हतियारको रुपमा पनि प्रयोग हुँदो रहेछ । यसको पछिल्लो प्रमाण रुसमा फेला परेको छ । रुसको साइबेरिया क्षेत्रमा एक महिलाले आफ्नो ब्राको पासो लगाइदिएर एक वृद्धको हत्या गरेकी छिन् । २६ वर्षकी ती महिलाले रक्सी किन्न पैसा नदिएको निहुँमा बुवा समानका ती छिमेकी बुढालाई आफ्नै छातिमा लपेटिएको ब्रा फुकाली बुढाको घाँटीमा कसेर मारेकी हुन् । बुढाले पैसा दिन नमानेपछि सुरुमा ती महिलाले एक दुइ झापड लगाइछन् ।

गालामा झापड खाएपछि ती वृद्ध भाग्न थालेछन् । बुढा भाग्न थालेपछि ती महिलाले आफुले लगाएको ब्रा फुकालेर डोरीको रुपमा उपयोग गरी ती बुढाको घाँटी अठ्याएर तानिन् । त्यसपछि उनले बुढाको घाँटीमा ब्रा मज्जाले कँसिन् । विचरा ती वयोवृद्ध, घाँटीमा ब्रा को पासो लागेपछि सास रोकियो र केहीबेरमै जिब्रो टोक्न बाध्य भए ।

ब्राको पासो लगाएर वृद्धलाई मार्ने ती महिलाले १५ वर्षको जेल सजायँ पाएकी छिन् ।

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.