सुनको भाउमा नयाँ रेकर्ड, तोलाको ५८ हजार ५०


६ भदौ, काठमाडौं -दुई महिनासम्म उतारचढाव रहेको सुनको भाऊले बुधबार फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार मंगलबारको तुलनामा साढे ३ सय रुपैंयाले बढेर सुनको भाउ बुधबार तोलाको ५८ हजार ५० रुपैंया पुगेको छ । यसअघि असार ७ गते सुनको भाउ ५७ हजार ७ सय रुपैंया पुगेको थियो । दुई महिनापछि साढे तीनसय रुपैंयाको अन्तरले सुनको भाउमा नयाँ कीर्तिमान थपिएको हो ।

अहिले अन्तर्राष्ट्रिय बजारमै भाऊ बढेकोले त्यसको असर नेपाली बजारमा पनि परेको संघले जनाएको छ । संघका अध्यक्ष तेजरत्न शाक्यका अनुसार सात वर्षदेखि अन्तर्राष्ट्रिय बजार बढिरहेको छ । सुरक्षित लगानी क्षेत्र मानिने सुनमा माग बढेपछि स्वतः भाउ बढ्छ । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिले पनि सुनको भाउलाई असर गर्छ । किनकी तेलको भाऊ बढ्दा सुन उत्पादनको लागत बढ्छ ।

अमेरिकाको न्यूयोर्कमा रहेको कोमेक्स हाउसको मूल्यको आधारमा स्थानीय बजारमा सुनको मुल्य निर्धारण हुन्छ । त्यहाँको मूल्य, भन्सार शुल्क र बैंक तथा व्यवसायीले लिने कमिशन जोडेर स्थानीय मूल्य निर्धारण गर्ने गरिएको संघको भनाई छ ।

Source:Onlinekhabar

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.