पूर्वमन्त्री खड्का आज अदालत जाँदै


६ भदौ, काठमाण्डौं । सर्वोच्च अदालतद्धारा भ्रष्टाचारी ठहर भएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खुमबहादुर खड्काले आज फैसलाविरुद्ध सर्वोच्चमा पुनरावलोकन गर्नुहुने भएको छ । आज दिउँसो सर्वोच्चमा पुगेर पुनरावलोबन गर्ने खड्काका सहयोगीहरुले जानकारी दिएका छन् ।एक साताअघि सर्वोच्च अदालतले नेता खड्कालाई भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैद र जरिवाना सजाय सुनाएको थियो । फैसलाको एक सातापछि खड्का दिउसो २ बजे अदालत जाने कार्यक्रम छ । पुनरावलोकनका लागि सर्वोच्च जानुअघि उहाँ काठमाडौं जिल्ला अदालतमा हाजिर हुने खड्का निकट स्रोतले जनाएको छ ।
धरौटी राखेर जेल नगई फैसला पुनरावलोकन गर्न पाउनुपर्ने निवेदन लिएर केन्द्रीय सदस्य पुष्पा भुषाल र काङ्ग्रेस निकट कानुन ब्यबसायी शेरबहादुर केसी जिल्ला अदालत जानु हुनेछ । खड्काले जिल्ला अदालत काठमाडौंमा जरिवानाबापतको रकम बुझाउँने तयारी समेत गर्नु भएको छ । खड्कानिकटका सहयोगीहरुले खड्काको जरिवाना रकममा ३० प्रतिशत छुट हुने रकम कटाएर बाँकी रकम जिल्ला अदालत काठमाडौंमा बुझाउँने तयार गरिरहेका छन् ।

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.