एकै बिहान उस्तै लक्षणले चार शिशुको मृत्यु खोप लगाएपछि यस्तो भयो: आफन्त


डोटी, भाद्र ६ – जिल्लाको काडामाडौं गाविसका चार शिशुको उस्तै लक्षणबाट सोमबार बिहान मृत्यु भएको छ । उच्च ज्वरो र बान्ता आएर डेढ वर्षमुनिका ती शिशुको मृत्यु भएको हो । उनीहरूलाई आइतबार दिउँसो काडामाडौं स्वास्थ्यचौकीमा दादुराविरुद्धको नियमित खोप लगाइएको थियो । खोप लगाएपछि आएको उच्च ज्वरोले मृत्यु भएको शिशुका अभिभावकको आरोप छ ।

मृत्यु भएकामा काडामाडौं गाविस-७ थापा गाउँकी ९ महिने सुजाता नेपाली, डेढ वषर्ीया गौरी चिराल, काडामाडांै-६ धानुकाडाका एक वषर्ीय मिलन दमाई र पोखरी गाविस गजडागाउँकी दस महिने अञ्जु विक छन् । एकै बिहान चार शिशुको मृत्यु भएपछि गाउँ शोकाकुल छ । सबैको शव सोमबारै गाडेर अन्त्येष्टि गरिएकाले अनुसन्धानमा समस्या भएको छ । छानबिन गर्न जिल्ला स्वास्थ्य कार्यालयबाट डा. सन्दीप श्रेष्ठको नेतृत्वमा टोली खटाइएको छ ।

‘हामीले घर-घरमा गएर मृतकहरूका आफन्तलाई भेटेर घटना’bout बुझेका छौं,’ श्रेष्ठले कान्तिपुरसँग भने, ‘खोपकै कारणले हो भन्ने कुरा केही बताउन सकिन्न, थप अनुसन्ध्ाानपछि आधिकारिक तथ्य बाहिर ल्याउँछौं ।’ खोप लगाएपछि एउटै समयमा एकै प्रकारको लक्षणबाट शिशुको मृत्यु भएपछि जिल्लाभर खोप अभियानै प्रभावित भएको छ । धेरैले बालबालिकालाई खोप लगाउन मानेका छैनन् । काडामाडांै स्वास्थ्य चौकीकी मासिका अमृता बोगटीले वडा नं. ६ मा ४, वडा नं. ७ का ४ र वडा नं. ८ का ५ बालबालिकाहरूलाई दादुराविरुद्ध र अर्को डीपीटी खोप लगाएकी थिइन् । तीमध्ये चारको मृत्यु भएको छ भने अर्की एक बालिकालाई उपचारका लागि सदरमुकाम सिलगढीमा ल्याइएको छ ।

‘आइतबार बिहान लगाएको दादुराविरुद्धको खोपका कारण बेलुकी ६ बजेबाट छोरीको कम्मरमाथिको पूरै शरीर उच्च ज्वरोले च्याप्यो,’ सुजाताकी आमा सुन्तलीले रुँदै भनिन्, ‘मासिकाले खोप लगाएपछि ज्वरो आउँछ, नआत्तिनु भनेकाले सामान्य हो भन्ने सोचें, पछि छोरीले दूध पनि चुस्न छोडी । रातभर सुत्न दिइनँ । बिहान पाँच बजे त मरिसकेकी रहिछ ।’

मृत्यु भएका अन्य बालबालिकालाई पनि ६ बजे बेलुकी नै उच्च ज्वरोले च्यापेपछि बिहान मृत्यु भएको हो । मृतक गौरी चिरालका हजुरबुवा पूर्ण सिंह चिरालले नातिनीलाई ज्वरोले निकै च्यापेपछि राति नै अहेवलाई घरमा बोलाएर स्लाइनपानी दिन खोज्दाखोज्दै मृत्यु भएको बताए ।

खोप लगाउँदैमा कसैको मृत्यु नहुने जिल्ला स्वास्थ्यका खोप सुपरभाइजर रामस्वार्थ यादवले बताए । उनले बिरामी भएको तथा कुपोषित बालबालिकालाई खोप दिएमा केही असर देखिने सम्भावना भए पनि मृत्यु नै नहुने बताए । मृत्यु भएका बालबालिकाका आफन्तले भने खोप लगाउनुअघि आफ्ना नानीहरूलाई कुनै रोग नभएको बताएका छन् ।

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.