के भने खड्काले ?
विनिता दाहाल, काठमाडौं, भदौं ६ – भ्रष्टाचारी ठहरिएका खुमबहादुर खड्कालाई २० प्रतिशत जरिवाना र कैद छुटसहित डिल्ली बजार कारागार चलान गरिएका छन्। ९४ लाख रुपियाँ जरिवाना तोकिएका खड्काले ७५ लाख रुपियाँमात्र बुझाए पुग्ने भएको छ भने अब ११ महिनामात्र उनले जेलमा बिताउनुपर्नेछ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 22/08/2012
७५ लाख रुपियाँ जरिवाना तिरेर ११ महिने जेलयात्रामा खड्का
Posted in अपराध समाचार
नासाको मंगल-मिशनलाई झट्का
अमेरिकी अन्तरिक्ष एजेन्सी नासालाई मंगल ग्रहमा पठाएको क्युरिओसिटी रोबर्ट मिशनमा अहिलो झट्का लागेको छ । रोवर्टको हावाको सेन्सर मापन गर्ने सेन्सर सर्किटमा क्षति पुगेको छ । सेन्सर सर्किटमा आएको समस्या ठूलो नभएको भन्दै नासाले यसले केही मापनमा कमी आउने तर काम नै अवरुद्ध भने नहुने बताएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विज्ञान प्रविधि
सुनको भाउमा नयाँ रेकर्ड, तोलाको ५८ हजार ५०
६ भदौ, काठमाडौं -दुई महिनासम्म उतारचढाव रहेको सुनको भाऊले बुधबार फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार मंगलबारको तुलनामा साढे ३ सय रुपैंयाले बढेर सुनको भाउ बुधबार तोलाको ५८ हजार ५० रुपैंया पुगेको छ । यसअघि असार ७ गते सुनको भाउ ५७ हजार ७ सय रुपैंया पुगेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अर्थतन्त्र
शाहरुखमाथि झण्डाको अपमान गरेको आरोप
मुम्बई, – (एजेन्सी)- बलिउड हिरो शाहरुख खानलाई पुणे प्रहरीले भारतको राष्ट्रिय झण्डाको अपमान गरेको आरोपमा उजुरी दर्ता भएको बताएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
राजधानीमा विशेष सुरक्षा परिचालन
महानगरीय प्रहरी परिसर हनुमानढोकाले राजधानीमा विशेष सुरक्षा परिचालन अभियान थालेको छ । काठमाडौंमा बढ्दो अपराध नियन्त्रण र चाडपर्वको अवसरमा हुन सक्ने अपराधिक गतिविधिलाई कम गर्न विशेष सुरक्षा अभियान थालिएको हो । हनुमानढोकामा पत्रकार सम्मेलन गरी काठमाण्डौका प्रमुख जिल्ला अधिकारी चुडामणी शर्मा र प्रहरी बरिष्ठ उपरिक्षक जयबहादुर चन्दले विशेष सुरक्षा परिचालन अभियानमा सहयोग गर्न सबैमा आग्रह गरे पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
एकै बिहान उस्तै लक्षणले चार शिशुको मृत्यु खोप लगाएपछि यस्तो भयो: आफन्त
डोटी, भाद्र ६ – जिल्लाको काडामाडौं गाविसका चार शिशुको उस्तै लक्षणबाट सोमबार बिहान मृत्यु भएको छ । उच्च ज्वरो र बान्ता आएर डेढ वर्षमुनिका ती शिशुको मृत्यु भएको हो । उनीहरूलाई आइतबार दिउँसो काडामाडौं स्वास्थ्यचौकीमा दादुराविरुद्धको नियमित खोप लगाइएको थियो । खोप लगाएपछि आएको उच्च ज्वरोले मृत्यु भएको शिशुका अभिभावकको आरोप छ ।
मृत्यु भएकामा काडामाडौं गाविस-७ थापा गाउँकी ९ महिने सुजाता नेपाली, डेढ वषर्ीया गौरी चिराल, काडामाडांै-६ धानुकाडाका एक वषर्ीय मिलन दमाई र पोखरी गाविस गजडागाउँकी दस महिने अञ्जु विक छन् । एकै बिहान चार शिशुको मृत्यु भएपछि गाउँ शोकाकुल छ । सबैको शव सोमबारै गाडेर अन्त्येष्टि गरिएकाले अनुसन्धानमा समस्या भएको छ । छानबिन गर्न जिल्ला स्वास्थ्य कार्यालयबाट डा. सन्दीप श्रेष्ठको नेतृत्वमा टोली खटाइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार