सलमान खानको फिल्म ‘एक था टाइगर’ले बक्स अपिसको नयाँ रेकर्ड गर्ने क्रम जारी छ । सलमानको टाइगर ५ दिनमा १ सय करोड भारु कमाई गर्ने पहिलो बलउड फिल्म बनेको छ ।
यही क्रम जारी रहे ‘एक था टाइगर’ले थ्री इडियटको रेकर्ड समेत तोड्ने अनुमान गरिएको छ । इदको अबसर पारेर प्रदर्शनमा आएको ‘एक था टाइगर’ले पहिलो दिन ३३ करोड कमाई गरेको थियो ।
दोस्रो दिन १४.२५ करोड टाइगरको शुक्रबार भने १२.५० करोड मात्र कारोबार भएको थियो । तर, शनिबार १५.५० र आइतबार २३.०६ करोड कमाई गर्दै शानदार कमब्याक गरेको छ । हिन्दी सिनेमाको इतिहासरमा अहिलेसम्म कुनै पनि फिल्मले ५ दिनमा १ सय करोड नकमाएको नभभारत टाइम्सले जनाएको छ ।
एक था टाइगर’ सलमालको १ करोड क्लबको चौथो फिल्म हो । सलमानको दबंगले १ सय ४७, रेडीले १ सय २२ र बडिगार्डले १ सय ४८ करोडको कमाई गरेको थियो । बलिउडमा ‘एक था टाइगर’ले भने २ सय करोडको रेकर्ड बनाउनेसम्मको चर्चा हुने गरेको छ ।