लहान, भाद्र ४ – एमाओवादी उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ ले राजनीतिक सहमतिको निकास नहुने तर सरकारमात्र छोड्नुपर्छ भनिरहने हो भने संकट चर्कने बताएका छन् ।
विपक्षी दलहरुले सहमतिका लागि एमाओवादीको नेतृत्वको सरकार छोड्नुपर्ने माग गरिरहेको बेला क्रान्तिकारी पत्रकार संघ सिरहाले सोमवार लहानमा आयोजना गरेको पत्रकार भेटघाटमा सरकारका परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले सरकार भन्दा पहिला सहमतिलाई जोड दिनुपर्ने बताए राष्ट्रिय सहमति नगर्ने तर सरकार छोडनुपर्छ भन्ने राजनीतिक दलहरुले नै संकट चर्काइरहेको छ’ उनको कथन थियो ‘हाम्रो पार्टी सरकारमा जसरी पनि बसिरहने होइन, देशको निकास निस्कोस कि ननिस्कोस भन्ने पार्टी होइन । सहमतिमा निकास निस्कन्छ भने तुरुन्त छोड्छौं ।’ तर सहमति नहुन्जेलसम्म सरकार छोडे संकट लम्विने भएकाले छोडन नमिल्ने उनले जिकीर गरे ।
सरकारले निर्वाचन प्रयोजनका लागि केही ऐन संशोधनका लागि राष्ट्रपति रामवरण यादव समक्ष पेश गरेको अध्यादेश फिर्ता गरेको विषयमा सञ्चारकर्मीले सोधेको जिज्ञासामा उपप्रधानमन्त्री श्रेष्ठले वैधानिक दुई निकाय राष्ट्रपति र सरकारमात्र रहेकाले राष्ट्रपतिले गैरजिम्मेवारपूर्ण तनावको स्थिति पैदा गर्न नहुने बताए ।
‘संविधान सभाको दुखद अवसान पछि दुई निकायमात्र वैधानिक रहेको बेला गैर जिम्मेवारपूर्ण तनावको स्थिति पैदा गर्नु हुदैन’ उनले भने ‘राष्ट्रपति र सरकार समन्वयात्मक ढंगबाट अगाडि बढनुपर्छ, राष्ट्रपतिले सरकारसंग छलफल गर्नु उपयुक्त हुन्छ, तनाव सृजना गर्न मिल्दैन ।’
अनुगमन
स्थानीय विकास मन्त्रालयको जिम्मेवारी समेत पाएका श्रेष्ठको नेतृत्वमा सचिव शितलवावु रेग्मी, प्रशासनका सहसचिव शिव वहादुर रायमाझी, स्थानीय पूर्वाधार तथा कृषि सडक विभागका महानिर्देशक भुपेन्द्र वहादुर वस्नेत, अनुगमन विभाग प्रमुख धन वहादुर श्रेष्ठ सहित ५ सदस्यीय उच्च स्तरीय अनुगमन समिति महोतरी, धनुषा र सिरहाको जिविस र नगरपालिकाको अनुगमनका लागि आएको हो ।
कालो झण्डा
यसैबिच उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ लाई पूर्व पश्चिम राजमार्ग अन्तर्गत लहानको पश्चिम पेट्रोल पम्प नजिक नेवि संघ र युवा संघका कार्यकर्ताहरुले सोमवार विहान कालो झण्डा देखाए । सो क्रममा प्रहरीले केहलिाई पक्राउ गरेको छ ।
source.kantipur
lala gari khau
kehi ta garla keta haru le la la wish you all the best