पोखरा, भाद्र ४ – अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल अनिश्चत बनेपछि निर्माणको निर्णय गर्न माग गर्दै पोखरामा सुरु गरिएको आन्दोलनमा सोमबार ट्याक्सी व्यवसायीले एक्यवद्धता जनाएका छन् ।
सयौं ट्याक्सी व्यवसायीले जुलुससहित विमानस्थल पुगेर ५ मिनेट हर्न बजाएर आन्दोलनमा समर्थन जनाए । ट्याक्सीको जुलुसले विमानस्थल तथा मुख्य सडकमा अवरुद्ध भएको थियो ।
विमानस्थल सरोकार समितिले निर्माणको प्रक्रिया तत्काल अगाडि बढाउन दवाब दिन उद्देश्यले चरणवद्ध आन्दोलन थालेको छ । असार (६जुन २०) अघि नै सरकारले ठेकेदारसँग सम्झौता गरिसक्नुपर्नेमा अहिलसम्म नभएपछि विमानस्थल परियोजना गुम्ने आशंकाले पोखरेली आन्दोलित भएका छन् ।
Source: kantipur