युवा विद्यार्थी संगठनले प्रधानमन्त्री निवास घेर्दै


३ भदौ, काठमाण्डौं – प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजीनामाको माग गर्दै सडक आन्दोलनमा उत्रिएका विपक्षी दलसम्बद्ध युवा तथा विद्यार्थी सङ्गठनहरुले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरिरहेका छन् । राष्ट्रिय सहमतिको सरकारको मुख्य बाधक वर्तमान प्रधानमन्त्री भट्टराई भएको भन्दै आन्दोलन जारी राखेका उनीहरुले तेस्रो चरणको आन्दोलन अन्तर्गत प्रधानमन्त्रीको निवास घेराउ गर्न लागेका हुन् । घेराउमा बालुवाटरमा रहेका युवा विद्यार्थीले मत परिणाम प्रधानमन्त्रीलार्इ बुझाउन नपाएपछि भुर्इमै मतपत्र छरेर प्रदर्शन गरिरहेका छन् ।

यसैगरी युवा तथा विद्यार्थीहरुले सरकारको पक्ष र विपक्षमा गरेको मतदानको मतपरिणाम आज राष्ट्रपति डा. रामवरण यादवलाई बुझाउँदैछन् । शनिबार साँझ सकिएको मतगणना कार्यमा राष्ट्रिय सहमतिको सरकारका पक्षमा जनमत आएको उनीहरुले बताएका छन् । युवा विद्यार्थी सङ्गठनले गएको बिहीबार उपत्यकाका विभिन्न स्थानसहित देशभर एक सय १० स्थानमा मतदान केन्द्र खडा गरी मत सङ्कलन गरेका थिए ।

Source:Onlinekhabar

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.