Daily Archives: 19/08/2012

दुर्घटना हुनबाट जोगियो तारा एयर


भाद्र ३, पोखरा । तारा एयरको टुइनअटर जहाज आइतबार गम्भिर दुर्घटना हुनबाट जोगिएको छ । मुस्ताङको जोमसोम विमानस्थलबाट पोखरातर्फ उड्ने क्रममा धावनमार्गबाट चिप्लिएको उक्त जहाज चालकको कुशलताका कारण दुर्घटना हुनबाट जोगिएको जहाजका यात्रु रामबाबु बस्ताकोटीले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्

ईदको शुभकामना !!


मुस्लिम धर्मावलम्वीहरुको महान चाड ईदको पावन अवसरमा कुवेतस्थित सम्पूर्ण मुस्लिम तथा गैर मुस्लिम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई सुख, शान्ति एवं सम्रिद्विको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

धर्मराज गिरी
अध्यक्ष, माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेत
एवं सम्पूर्ण क्लव तथा कुवेतनेपाल डट कम परिवार

युवा विद्यार्थी संगठनले प्रधानमन्त्री निवास घेर्दै


३ भदौ, काठमाण्डौं – प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजीनामाको माग गर्दै सडक आन्दोलनमा उत्रिएका विपक्षी दलसम्बद्ध युवा तथा विद्यार्थी सङ्गठनहरुले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरिरहेका छन् । राष्ट्रिय सहमतिको सरकारको मुख्य बाधक वर्तमान प्रधानमन्त्री भट्टराई भएको भन्दै आन्दोलन जारी राखेका उनीहरुले तेस्रो चरणको आन्दोलन अन्तर्गत प्रधानमन्त्रीको निवास घेराउ गर्न लागेका हुन् । घेराउमा बालुवाटरमा रहेका युवा विद्यार्थीले मत परिणाम प्रधानमन्त्रीलार्इ बुझाउन नपाएपछि भुर्इमै मतपत्र छरेर प्रदर्शन गरिरहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

कांग्रेसले राजनीतिक प्रतिवेदन माथि आज छलफल गर्ने


गोविन्द परियार, काठमाडौं, भदौ ३ – कांग्रेसले सत्तारुढ दलहरुले संघीयताको पक्षमा गठबन्धन सुरु गरेर मुलुकलाई नयाँ द्वन्द्वमा लैजाने रणनीति बनाएको ठहर गरेको छ। हिजो पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री कृष्णप्रसाद सिटौलाले पेस गरेको राजनीतिक प्रतिवेदनमा माओवादीको नयाँ गठबन्धनले दिगो शान्ति र लोकतन्त्रको बाटो अवरोध गरी देशलाई नयाँ द्वन्द्वमा लैजान खोजेको उल्लेख छ। पढ्नेक्रम जारी राख्नुहोस्

विमानस्थल बनाउन दबाब दिँदै पोखरा बन्द, यातायात संचालन


सन्तोष पोखरेल, पोखरा, भदौ ३ – पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउन दबाब दिँदै सरोकारवालाले आज पोखरा बजार बन्द गराएका छन्। बजार बन्द भएपनि नीजि तथा सार्वजनिक सवारी भने निर्वाध संचालन भईरहेका छन्। पोखरा विमानस्थल निर्माण सरोकार समितिको अगुवाईमा आज बजार बन्दको आव्हान गरिएको हो। बन्दका कारण बजार, कलकारखाना, उद्योग, शिक्षण संस्था ठप्प छन्। आयोजकले बजार बन्द गरेर विमानस्थल निर्माणको पक्षमा जनदवाव श्रृजना गर्न आज दिउँसो हुने भण्डाफोर कार्यक्रममा सहभागि हुन सबै पोखरेलीलाई आव्हान गरेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्