राष्ट्रपतिले अध्यादेश फिर्ता पठाउनु अलोकतान्त्रिक : पौडेल


काठमाडौँ, भदौ २ – प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले राष्ट्रपतिले चुनावसम्बन्धी अध्यादेश फिर्ता पठाउनु अलोकतान्त्रिक र असंवैधानिक भएको बताएका छन्। आज आयोजित एक कार्यक्रममा सल्लाहकार पौडेलले फिर्ता पठाइएका अध्यादेश जस्ताको तस्तै फेरि राष्ट्रपतिसमक्ष सरकारले पठाउने तयारी गरिरहेको बताए। उनले भने – “फिर्ता आएको अध्यादेश अन्तर्राष्ट्रिय कानुनअनुसार फेरि राष्ट्रपतिसमक्ष जस्ताको तस्तै पठाउँछौँ, राष्ट्रपतिले जारी गर्नुको विकल्प छैन।”

उनले अध्यादेश फिर्ता पठाउनु लोकतान्त्रिक पद्धतिका लागि हितकर नभएको र राष्ट्रपतिकै कारण चुनाव नहुने वातावरण सिर्जना हुन लागेको बताए।

चुनाव हुन नसकेकाले अध्यादेश जारी गर्न आवश्यक नरहेको भन्ने राष्ट्रपति कार्यालयको वक्तव्यमा आपत्ति जनाउँदै उनले भने – “निर्वाचन आयोगले चुनावसम्बन्धी कानुन पहिला बनाएर चुनाव घोषणा गर्न आग्रह गरेअनुरुप अध्यादेश ल्याउन लागिएको हो। अध्यादेश रोकिदिएपछि कसरी कानुन बन्छ र चुनाव हुन्छ? चुनाव मङ्सिरमा पो नहुने भयो तर यसको अर्थ चुनावनै हुँदैन भनिएको त होइन नि।”

उनले चुनावका लागि राष्ट्रिय सहमति र अध्यादेश दुई मात्रै विकल्प रहेकाले सहमति हुन नसकेको अवस्थामा आफूहरुले अध्यादेशको विकल्प रोजेको प्रष्ट पारे।

सल्लाहकार पौडेलले प्रतिपक्षी दलहरुले राजीनामा माग्दैमा यथास्थितिमा प्रधानमन्त्रीले राजीनामा नदिने प्रष्ट पारे। उनले भने – “सहमति हुने र वैकल्पिक सरकार निर्माणको आधार बिना प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुहुन्न, यथास्थितिमा प्रधानमन्त्रीले राजीनामा दिँदा संवैधानिक रिक्तता हुन्छ र अराजकताको अवस्था आउँछ।

Source:Nagarik

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.