गल्फ को लागि महिला कामदारलाई लादिएको हक बन्दि मानब अधिकारको चुनौती


बैदेसिक रोजगारले विद्धमान पितृसत्तात्मक सामाजिक संरचनाका कारण नेपाली महिलाहरुको अवस्था तुलनात्मक  रुपमा काम्जोर भएता पनि हाल महिला प्रतिको पुरातनबादी सोचाई र भूमिकालाई पुनर्विचार एवं परिबर्तन गर्न बाध्य गराएको छ. नेपाली समाज मा अब महिला हरु “आश्रित वा लाभान्वित बगप”भन्दापनि “आर्थिक योगदानकर्ता” को रुप मा नेपाली समाज मा चुनौतिको साथ् परिचित नै छ , राष्ट्रिय जनगणना २०५८ अनुसार देशमा अनुपस्थित नेपाली महिला को संख्या ८७१२ भएता पनि हाल आएर कुल आप्रबाशी संख्याको करिब १८%महिला बिदेसिएको अनुमान छ. नेपालको जिबनस्तर सर्वेक्षण पर्तिबेदन इ सं २००४ अनुसार नेपालको गरिबी ४२%बाट ३१%घटाउनुमा महत्वपुर्ण  योगदान आप्रबासी महिला कामदारहरुको रहेको तथ्य सार्बजनिक भएकोमा आज को मितिसम्म त्यो भन्दा धेरै नेपाली समाजमा नेपाली महिला कामदारको योगदान रहेको सर्बब्यतित नै छ .
देशको गरिबी निवारणमा हदै सम्म को टेवा पुरयाएको नेपाली महिलालाई सरकारले बारम्बार असुरक्षित गन्तब्य भनि बेलाबेलामा रोक्ने फेरी छोड्ने क्रमहरु हुदै आएको सर्बब्यतित नै छ. महिला हक अधिकारको लागि भनि महिला माथि नै नैसर्गिक अधिकार को हनन हुने जस्ता क्रियाकलापले नेपाली महिलाको जिबनस्तर सुधार्नुका सट्टा दुर्गतितिर लागेको सहजै देख्न पाइएको  छ.कुनै पनि घटना लैंगिक विभेद एबं महिला हिंसाको नाममा मह्ल्कै व्यक्तिगत स्वतन्त्रता माथि आंच आउने खालको नियम कानुन आउनु दुर्भाग्यपुर्ण हो.सरकारको फितलो कार्यनीतिले सर्बसाधारण  पर्ने चुनौती हरुलाई सरकारले आफ्नो अनुकुल बनाउनु यसको मुख्य कारण हो .सार्बजनिक सर्वे अबलोकन निगरानी तथा मुल्यांकन लाई प्राथमिकता नदिई आफ्नो भ्रस्ट कर्मचारीको भरमा कोठाको सानदार घुम्ने टेबल बाट बनाइएको प्रतिबेदनलाई ग्राहएता दिनु नै यसको परिणाम हो.
केहि दिन अगाडी नेपाल सरकारले बैदेसिक रोजगारीमा जान को लागि उमेरको हकबन्दी तोकेको कुरा नेपालको प्रमुख दैनिक समचारहरुमा छाईयो.३० बर्ष पुरा भएको महिला कामदारमात्र कुनै पनि खाडी मुलुकमा कामकाजको लागि जान पाउने छ. यस सन्दर्भलाई नेपाल सरकारले के कति सर्वेक्षण गरेको छ कुन प्रतिबेदन तथा सर्वेक्षणको आधारलाई मानेर यो नियम नेपाली महिलालाई लादीयको हो?२१औ सताब्दिमा महिला माथि फेरिपनि ब्यबस्थित गर्नेको  नाम मा महिला को हक अधिकार र स्वतन्त्रतामा कुण्ठित हुने गर्ने दुस्प्रयास गरेको छ .लिंग विभेद को नाम मा उमेर को हकबन्दी लागे सेटिंगको आड मा अकुत सम्पति कमाउने सपना रहेको प्रस्ट हुन्छ .अब को मिति पछी नालमा बैदेशिक रोजगार बिभाग देखि सम्पूर्ण सम्बन्धित निकाय २० देखि ३० बर्ष सम्मको कामदारलाई भरि रकम लिई सेटिंगमा पठाउन लालाहित हुने जुनसुकै अबस्थामा पनि नेपाली नागरिकलाई विदेसिन बाध्य  अबस्थामा नेपाल सरकार को रोजगार सम्बन्धित कर्मचारीको घरमा सुनको लिस्नो लाग्नु सिवाए अरु केहि व्यवस्था नेपाल सरकारसंग अपेक्षा राख्न सकेन नेपाली नागरिक ले ३० बर्ष भए पछी नेपालीको बुद्दी आउने,समस्यामा नपर्ने सोंच कति हद सम्म सहि होला?त्यो समय ले बताउछ .३० बर्ष नाघेको महिला नेपाल को सन्दर्भमा सरदर२-३ या त्यो भन्दा धेरै बच्चा केटाकेटीको आमा हुन्छ .ब्यबहारमा पूर्ण रुपले फसेको ,आन्तरिक कलह ह्रिन मा डुबेको ,घरएसी हेला इत्यादी कारण ले त्रसित भई बिदेसिन्छ .फलत ति महिला बिदेशमा काम गर्न असक्षम हुन्छे एक त शारीरिक अवस्था पनि चुस्त नहुने तथा विभन्न रोग मध्ये १ रोग को शिकार हुने हुदा शारीरिक अबस्था पनि कम्जोर नै हुन्छ .मानशिक तनाब बाट ग्रस्त ति महिला ले के कति काम गर्न सक्छ त्यो नेपाल सरकार तथा बैदेशिक रोजगार बिभाग लाई राम्रो संग थाहै भएको कुरा हो.
कुबेत को सन्दर्भमा कुल बैदेशिक रोजगारको लागि नेपाली महिला कामदारहरुको ३५% यानी हाल कुबेत मा ५०००० महिला कामदार कार्यरत छन् .कुबेत आउने महिला कामदार मध्ये ४५%कामदार ३० बर्ष भन्दा धेरै उमेरका छन् .४५%महिला कामदारहरुमा ३०%ले विभिन्न जोखिमहरू उठाई रहेको छ जसको सम्पूर्ण रेकर्ड नेपाली दुतावास संग सुरक्षित छ तसर्थ केहि कमाउ केहि गरौ भन्ने उमेर मा घरमा बसेर बुढेस कालमा बिदेसिंदा ति महिलाले के प्रगति गर्न सक्छिन यो कुरा बिचारनीय   छ . २० बर्ष नाघे पछी कर बल ले ब्यबहारमा लादिएर मानशिक रोगि भएर जाने अवस्था न आओस भनि सम्पूर्ण सम्बन्धित निकाय तथा नेपाल सरकार संग गैर आबसिय नेपाली संघ संस्था हरु हार्दिक अनुरोध गर्दछ.आउदा दिन मा समृदि नेपालको साकार पार्ने  कि स्वदेशमै रोजगारी को ग्यारेन्टी को अवसर दियोस कि नेपाली महिला कामदार हरुलाई कुण्ठित नगरियोस सरदर २० वर्षा माथि ४० बर्ष सम्म का नेपाली महिला कामदार विदेश जान चाहन्छ भने उसको इच्छा ले बिदेस जान पाउने वाताबरण को सिर्जना गरिनु पर्दछ.
यो लैंगिक आधारमा उमेरको हकबन्दिलाई सरोकार वाला तथा मानब अधिकार्बादिहरुलाई पूर्ण चुनौती भए को मान्न सकिन्छ र पूर्ण मानब अधिकार हनन भएको छ.

 Source: Majdursaghaonline

 

 

 

3 responses to “गल्फ को लागि महिला कामदारलाई लादिएको हक बन्दि मानब अधिकारको चुनौती

  1. It’s a great news published against Nepal bans women under 30.It is harmful for the country and it is harmful for local bodies.To secure job for women government role should be much beneficial for all parties but it shows a big disappoint at corporate levels and individuals.The country will face a big depression to increase remittance revenue growth.The government of Nepal doesn’t care employment is to be done for women in a country just made a ban with no solution and no awareness given for alternative job for those women who are deprived from overseas job at gulf sector.The objective of the government is to secure a job of women but the cabinet disclosed a ban for women with no efforts was applied for employment to be done which becomes an issue between government and people of Nepal.The government on this subject has to think to release the ban with new modified foreign employment work permit norms for women.

  2. लेखन जरुरि थिहेन तर यहाँ बिज्ञ साथीको को कुरा मा बिचार राख्न मन लाग्यो भन्नुस कति % रेमितानंस कवर गरेको छ नेपालि महिला हरुको कमाइ ले भर् खर राजदुत कुवेतको नेपाली भन्नु हुन्छ राम्रो कदम भनेर सरकार को तपाई बस्नेत सर भन्नुस कसरि हार्म्फुल भयो यो त एकदम राम्रो नीति हो /भारत श्रीलंका सरकारले पहिला नै यो नीति अबलम्बन गरिसकेक्का छन / बस्नेत सर तपैको घर बाट कोहि महिला दिदि बहिनि आफन्त अरब मा छन् यहाँ कति पिडा छ भरखर का जवान दिदि बहिनि हरुलाई बिल्कुलै बन्द नगरे पनि केहि मात्रमा राम्रो कदम मान्नु पर्छ यो कदम लाइ

  3. नेपाल जस्तो खुला समाज मा मात्र बसेर बह्स् गर्ने होइन मानव अधिकार सस्था हरुले , पहिला गल्फ मा यहिका महिलारु कति दमन मा छन तेयो हेरेर उनिहरुको पिडा लाई सुल्झाउनु अनि मात्र नेपाल का महिला हरुको हक हित खोज्नु राम्रो होला , किनकी यहाँ कस्तो छ र के हुन्छ भने कुरा हामी यहाँ जागिर गर्न आयका र बसेको लाइ थाहा छ , खस भने हो भने नेपाल म मानव अधिकार बदी सस्था को जरुरी छैन ,किनकी त्यहाँका मनिषाहरु धरै चेतन्शिल र बुझ्ने छन्! यक पटक आँखा खोलेर हेर्नुहोस् गल्फ मा के भैरहेको छ र यहाँका महिला अनि बिदेशी कमदर कुन अवस्था मा छन भन चाहन्छु हजुरहरुलाई !
    धन्यवाद!!!!
    यहाँ हरुलाई एउटा प्रश्न
    अहिले सम्म किन मानव अधिकार बादी सस्था गल्फ का कुनेइ पनि देसमा आउन र बोल्न नसक्नु को कारण पाउन पया मा जस्ता धरै ब्यक्ती हरु आभारी हुने थियै ?

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.