कुवेतमा बिबी र डिबीको मित्रता युगल साँझ हेर्न अब एक हप्ता मात्र बाँकी


सुरेश गुरुङ, कुवेत

कुबेतवासी नेपालीहरुले मित्रता युगल साँझ हेर्न अब एक हप्ता मात्र बाँकी रहेको छ । यही आउँदो अगस्त २४ तारिखका दिन मालियाको एशिया एशिया होटलमा प्रबासी लोक गायक बिबि मल्ल र डिबी लोप्चनको जोडदार प्रस्तुती हुनेछ । बिगतमा बिभिन्न साँस्कृतिक कार्यक्रमहरुबाट मनोरञ्जन लिंदै आएका कुबेतवासी नेपालीहरुले यसपाली भने आफ्नै स्थानिय युवा गायकहरुको प्रस्तुतिमा भरपुर मनोरन्जनका साथ आनन्द लिने छन ।

युगल जोडीले आफ्नो एल्बमका चर्चित गितहरु प्रस्तुत गर्ने छन । नेपालका चर्चित मोडलङहरुसँग आफ्नै एल्बमहरुमा मोडलिङ समेत गरेका यि दुई जोडीले कुबेतमा नयाँ मोडलको रुपमा समेत देखिने जानकारी प्राप्त भएको छ । यस सम्बन्धमा कुवेतनेपाल डटकमका प्रधान सम्पादकले हालै नेपाल बिदाबाट फर्केपश्चात बिबी र डिबीलाई ईमेल मार्फत युगल साँझको ’boutमा प्रतिकृया माग्दा हालसम्म कुनै जानकारी भने प्राप्त नभएको बताउनु भएको छ । वहाँहरुद्वारा आयोजना गर्ने लागिएको संयुक्त साँस्कृतिक कार्यक्रममा कुबेतका दुई साँस्कृतिक संस्थाहरु लालीगुराँस साँस्कृतिक परिवार र नेपालकुवेत साँस्कृतिक मञ्चले साथ दिने पनि जानकारी मिलेको छ ।

प्रायजसो: कुवेतका नेपाली कार्यक्रमहरु आयोजना गरिने मालिया स्थित एशिया एशिया होटलमा हुन गैरहेको उक्त साँस्कृतिक कार्यक्रममा कुवेतमा रहेका सम्पूर्ण सँघ-संस्थाहरुलाई पत्रचार गर्दै निमन्त्रणा समेत गरिएको कलाकारद्वयबाट थाहा हुन आएको छ । वहाँहरुको सो प्रस्तुतीका लागि नेपालकुवेत साँस्कृतिक मन्चले ब्यानर, कमाल खत्रीद्वारा पानी, माउन्ट एभरेष्ट स्पोर्टिङ क्लबका अध्यक्ष धर्मराज गिरीद्वारा डिजे उपल्ब्ध गराएर सहयोग गर्ने र लालिगुराँसका उपध्यक्ष राजेन्द्र बिरहीले अतिथी ब्याज स्पोन्सर गर्नु हुने पनि जानकारी मिलेको छ ।

कुवेतनेपाल डटकम परिवार हाम्रा युवा मित्रहरुको युगल प्रस्तुति सफलताका साथ सम्पन्न होस भन्ने कामना गर्दछ ।

One response to “कुवेतमा बिबी र डिबीको मित्रता युगल साँझ हेर्न अब एक हप्ता मात्र बाँकी

  1. बिबी र डिबी जी यदि परवेश निशुल्क हो भने एकदम बिशुद्द मनोरजन हुन्छ नत्र पैसा कुवैती दिनार हो भने बेक्कार छ होइन कुवैत का नेपाली हरुलाई के को जोश हो यहाँ लगभग ६ लाख भारतीय छन ति समुदाय ले पनि यतिका धेरै कार्य करम आयोजना गर्दनन यसको ’boutमा नेपाली समुदायले धेरै विचार गर्नु पर्ने हुन्छ यहाँ हामि कति कमा उछो त्यो हेरेर मनोरजन गर्न पर्छ हर महिना के हो ? एशिया एशिया होटल संचालक पनि हाम्रो समुदाय बाट अति नै खुसि होलान

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.