जंगलभित्रको ज्वालामुखी होटेल


जंगलभित्र ज्लामुखी पहाड जस्तो ठूलो भवन, टुप्पोबाट ज्वालामुखीको लाभाजस्तै गरी पानीको फोहोरा निस्किरहेको, झ्याल बाहेकका भित्ताहरुमा झ्याउ तथा लेउ र झारपात, आसपासका रुखजस्तै हरियो देखिने मृत ज्वालामुखीजस्तो । यस्तो दृश्य देख्दा जो कोहीलाई पनि यो कुनै आरामदायी होटल हो भन्ने कुरा पत्ताउन गाह्रो हुन्छ । कुनै काल्पनिक कथाको स्वर्गीय ठाउँजस्तो लाग्ने यो ठाउँ वास्तवमै साँच्चीकै होटेल नै हो ।
दक्षिण चिलीको उष्णप्रंदेशीय जंगलको बिचमा रहेको मोन्टाना म्याजिका लज नामको यो होटेल कुनैपनि प्रकृतिप्रेमीका लागि एउटा आदर्श ठाउँ बन्नसक्छ ।
३ लाख एकडमा फैलिएको एक निजि प्रकृति आरक्षको बीचमा रहेको यो होटेल १३ कोठे छ । यसमा हरेक दिन ज्वालामुखी पहाडबाट लाभा निस्किएझैँ टुप्पोबाट पानीको फोहोरा निस्कन्छ ।

यस्तो विचित्रको होटलमा जान पनि उतिसारो सजिलो छैन । यसमा गाडि चढेर जान सकिँदैन । डोरीले बनाइएको झोलुंगे पुलबाट हिँडेर होटलसम्म पुग्नुपर्छ । यो होटल परिसरमा गल्फ, हाइकिङ जस्ता खेलको मज्जा लुट्न पाइन्छ । यदि तपाइँ भाग्यमानी हुनुभयो भने उक्त जंगलमा बस्ने विश्वको सबैभन्दा होँचो मिर्ग पनि देख्न पाउनुहुनेछ ।

Source: onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.