डम्बर जङ मल्ल
यि बिरहका यादहरु लेख्दा लेख्दै
खुशीयालिहरु पनि पोख्न मन लाग्छ
यो मेरो उदास शब्दहरु कोर्दा कोर्दै
आँखाबाट आँशु यसै झरिदिन्छ
दुई चार शब्दहरु लेख्छु भन्दा भन्दै
आफ्नै अधुरो प्रेम कथा बनिदिन्छ
बेबस आफ्नै काहानीहरु हेर्दा हेदै
प्रिय तिम्रै चेहेरा आँखामा आईदिन्छ
घुम्थ्यौ हातसमाइ मिलन निस्छल छ भन्दै
तिम्रो त्यो बाचाहरु मलाई अझै याद छ
बस्या तिम्रो प्रतिक्षामा मिलन सच्चा भन्दै
खुशी हुनु सदा तिमी,आझै मेरो दिल भन्छ
तिम्रो कसम तिम्रै…
तिम्रो कसम तिम्रै याद आउछ
अझै पनि तिम्रै माया धेरै लाग्छ
कहाँ छौ तिमी यो मन यसै रुन्छ
यो दिल मेरो तिमीलाई नै खोज्छ
यो मन यो दिल यसै जलिरहेछ
हर दिन हर रात तिमीलाई नै सोच्छ
तिम्रो साथ पाइन मैले मुटु धेरै दुख्छ
मेरो चोखो माया तिम्रो लागि झुटो भएछ
आजकाल यो मन सधैं एकान्त खोजिरहन्छ
फेरी पनि तिम्रै सम्झनाले मलाई जलाई रहन्छ
किन हो यो मनको ढुक ढुकीहरु उर्लिरहेको छ
फेरी पनि तिम्रै कल्पनाको सागरमा बगिरहेछ
La la damber ji khusi lagyo tapaiko gajal padna pauda!
Thank you for reading my gazal Bhimsen ji lekhni kosis matra gardai 6u