Daily Archives: 16/08/2012

जंगलभित्रको ज्वालामुखी होटेल


जंगलभित्र ज्लामुखी पहाड जस्तो ठूलो भवन, टुप्पोबाट ज्वालामुखीको लाभाजस्तै गरी पानीको फोहोरा निस्किरहेको, झ्याल बाहेकका भित्ताहरुमा झ्याउ तथा लेउ र झारपात, आसपासका रुखजस्तै हरियो देखिने मृत ज्वालामुखीजस्तो । यस्तो दृश्य देख्दा जो कोहीलाई पनि यो कुनै आरामदायी होटल हो भन्ने कुरा पत्ताउन गाह्रो हुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

गजल


डम्बर जङ मल्ल 

 

 

 

 

 

यि बिरहका यादहरु लेख्दा लेख्दै
खुशीयालिहरु पनि पोख्न मन लाग्छ
यो मेरो उदास शब्दहरु कोर्दा कोर्दै
आँखाबाट आँशु यसै झरिदिन्छ
पढ्नेक्रम जारी राख्नुहोस्

स्वतन्त्र पत्रकार सङ्घ नेपालको तनहूँ भेला


पोखरा-स्वतन्त्र पत्रकार सङ्घ नेपाल तनहूँ शाखा गठनका लागि भेला आयोजक समिति गठन गरिएको छ। रेडियो तनहूँका स्टेशन म्यानेजर रमेश पौडेलको संयोजकत्वमा १७ सदस्यीय भेला आयोजक समिति गठन गरिएको हो। पढ्नेक्रम जारी राख्नुहोस्

श्रीमतीको भन्दा थोरै कमाइ जिन्दगीकै लागि हानिकारक


पुरुष मित्रहरु तपाइँको कमाइ कति छ ? तपाइँले आफ्नी जिवनसाथीले भन्दा कतै कम पैसा त कमाइरहनुभएको छैन ? यदि हो भने तपाइँले विचार पूराउनुपर्ने भएको छ । श्रीमतीले भन्दा कम पैसा कमाउने पुरुषको जिवन सुखी बन्न नसक्ने र कम आर्जन सुखी जिवनको मार्गमा बाधक बन्ने मलेसियामा गरिएको एक अध्ययनले देखाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

‘प्रधान मन्त्रीलाई हटाउन आन्दोलनबाहेक अर्को विकल्प छैन’


काठमाडौ, साउन ३२ – नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले एकीकृत नेकपा माओवादीको नेतृत्वमा गठन भएको सत्तारुढ गठबन्धनले मुलुकलाई मुडभेडमा फसाएको दाबी गरेका छन्। माओवादीले कांग्रेस र एमालेजस्ता स्थापित लोकतान्त्रिक पार्टीसँग सहमति गरेर मुलुकलाई निकास दिनुको साटो यी पार्टी विरुद्ध लागि परेकोले मुलुकलाई खतरनाक अवस्थामा पुर्‍याउने सक्ने् उनले चेतावनी दिए। पढ्नेक्रम जारी राख्नुहोस्

नेपालको सुपर-८ सपना लगभग समाप्त


काठमाडौ, श्रावण ३२ – नेपालको आईसीसी यू-१९ वल्र्डकप क्रिकेटको सुपर-८ मा पुग्ने सपना बुधबार लगभग समाप्त भएको छ । लगातार दोस्रो हारसँगै अब नेपालको सुपर-८ मा पुग्ने गणितीय सम्भावनामात्र जीवित छ । खराब यात्रालाई निरन्तरता दिएको नेपाललाई दोस्रो खेलमा आयरल्यान्डले १४ रनले हरायो । यू-१९ मा आयरल्यान्डले नेपाललाई पहिलोपल्ट हराएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

मलामी बोकेको बस दुर्घट्ना, २ को मृत्यू


काठमाडौ, श्रावण ३२ – नवलपरासीमा मलामी बोकेको बस दुर्घट्ना हुँदा २ जनाको निधन भएको छ । अन्य ४० जना घाइते भएका छन् । दुम्कीबाट मलामी बोकेर देवघाट आउँदै गरेको लु.१.ख ३४०० नम्बरको बस पूर्व पश्चिम राजमार्गको रजहरमा कल्भर्टमा ठोक्किएर दुर्घट्ना भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

कार्यालयबाटै राहदानी हराएपछि


३२ साउन, धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङबाट ५२ थान राहदानी हराएको छ । मेसिन रिडेबल राहदानीको प्रयोग सुरु भएपछि स्टोरमा राखिएको ८ सय एक थान हस्तलिखित राहदानीमध्ये ५२ थान राहदानी हराएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बताउनुभयो । स्टोरको दराजभित्र राखिएका ४८२९३०१ देखि ४८२९३५० सम्मका ५० थान र ४८२९५३४ र ४८२९५३५ नं का दुई थान गरी ५२ थान हस्तलिखित राहदानी हराएको हो । पढ्नेक्रम जारी राख्नुहोस्