नेपालसामू १ सय ८६ रनको लक्ष्य


३१ साउन, काठमाण्डौ – आईसीसी अण्डर १९ विश्वकप क्रिकेटमा आयरल्याण्डले नेपालसामू १ सय ८६ रनको लक्ष्य प्रस्तुत गरेको छ । जवाफमा अहिले नेपालले  व्याटिङ्ग गरिरहेको छ । यो समाचार तयार पार्दासम्म नेपालले ३३ ओभर खेल्दै ७  विकेटको क्षतिमा १ सय ११ रन बनाएको छ ।  टस जितेर पहिले व्याटिङ्ग थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनाएको छ । उसका लागि सेन गेटकेटले सर्वाधिक ४७ रन बनाए भने एण्डी म्याकबेनले ४१ रनको योगदान दिए । नेपालका अविनाश कर्ण पृथु बाँस्कोटा, राहुल विश्वकर्मा र भुवन कार्कीले समान २-२ विकेट लिए ।

नेपाललाई अघिल्लो चरण प्रवेशका लागि आज जित्नैपर्ने दबाब छ । पहिलो खेलमा अष्ट्रेलियासँग २ सय १२ रनले पराजित भएको नेपाल आजको खेलमा विजयी भए मात्र अघिल्लो चरण प्रवेशको सम्भावना कायमै राख्न सफल हुनेछ । समुह चरणको अन्तिम खेलमा नेपाल भोली न्युजिल्याण्डसँग भिडनेछ । आयरल्याण्डले पनि यसअघिका दुबै खेलको नतिजा अष्ट्रेलिया र न्युजिल्याण्डलाई सुम्पिसकेको छ ।

तीनवटै खेलमा शतप्रतिशत नतिजा निकालेको आयोजक अष्ट्रेलियाले ६ अंकका साथ समुह बिजेता बन्दै क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ । प्रतियोगिता अन्तर्गत अहिले जारी अन्य खेलमा अफगानस्तान र स्कटल्याण्ड तथा श्रीलंका र दक्षिण अफ्रिका प्रतिश्पर्धा गरिरहेका छन ।

Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.