यु-१९ विश्वकप क्रिकेटमा नेपाल अष्ट्रेलियासँग २ सय १२ रनले पराजित


२९ साउन, काठमाडौं – आईसीसी अण्डर १९ विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल अष्ट्रेलियासँग २ सय १२ रनले पराजित भएको छ । अष्ट्रेलियाद्धारा प्रस्तुत २ सय ९५ रनको लक्ष्य पछ्याएको नेपाल २३ दशमलव ५ ओभरमा ८२ रन जोड्दा अल आउट भयो । नेपालका लागि सारग पुनले सर्वाधिक २२ तथा राजेश पुलामी मगरले २१ रन जोडे । हसिम अन्सारी १३ तथा सुभास खकुरेल १२, राहुल विश्वकर्मा, ३, प्रदिप ऐरी र कृष्ण कार्की समान १-१ रनमा आउट भए भने नरेश बुढायर, कप्तान पृथु बास्कोटा, कृष्ण कार्की र अभिनाश कर्णले रन नै जोड्न सकेनन् ।

यसअघि टस हारेर पहिले व्याटिङ्ग थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ९४ रन बनाएको थियो । उसका लागि क्यामरुन बानक्रफ्टले सतक पुरा गरे । १ सय २५ रन बनाएका उनले दोस्रो विकेटका लागि कुर्तिस पिटरसनसँग १ सय ६० रनको साझेदारी गरे ।

पिटरसन व्यक्तिगत ८६ रनमा पभेलियन फर्किए । नेपालका राहुल विश्वकर्मा र प्रदिप ऐरीले समान २-२ विकेट लिए भने कृष्ण कार्की, भूवन कार्की र अविनाश कर्णले समान १-१ विकेट लिए ।

 Source: onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.