कुवेतको “तिज बिशेष कार्यक्रम-२०६९” सफल पार्न नेपालदेखी चर्चित कलाकारहरु कोमल ओली, सुनिता दुलाल र नन्दिता केसी कुवेत आउँदै..


कुवेतनेपाल, एड्मिन

आफ्नो मातृभूमी र संगिनीहरुको बिछोडमा तड्पिंदै खाडीका सागरहरुमा तेलको गहिर्‍याई नापिरहेका हाम्रा नेपाली चेलीबेटीहरुले यस बर्ष पनि नेपाली नारिहरुको महान पर्व “हरितालिका तिज” कुवेतमा पुन. एकचोटी मनाउन पाउने भएका छन । बिगतका बर्षहरुमा कुवेतको सबैभन्दा पुरानो साँस्कृतिक संस्था नेपालकुवेत साँस्कृतिक मञ्चबाट तिजे कार्यक्रमको आयोजना हुँदै आएपनी यस बर्ष भने यस कार्यक्रमको व्यवस्थापनमा पूर्णरुपमा कोसेली परिवार सरिक रहेको छ भनें यसलाई सफल बनाउन नेपालदेखी नेपालकी ख्याति प्राप्त एवं चर्चित गायीका तथा तिज सुपरस्टार कोमल ओली, कार्यक्रम प्रस्तोता तथा गायीका सुनिता दुलाल, हिरोईन तथा मोडल नन्दिता केसीका साथमा अर्का कार्यक्रम प्रस्तोताका रुपमा एक केन्द्रिय स्तरका पत्रकार कुवेत आउने भएका छन ।

१४ सेप्टेम्बर २०१२ शुक्रबारका दिन, कुवेतको होटल एषिया-एषियामा दिनको ठीक १.०० बजेदेखी शुरु गरिने तिजे कार्यक्रमको मुख्य प्रायोजन अलमुल्ला एक्सचेन्ज कम्पनी कुवेतले गरेको छ भने कार्यक्रमलाई थप रोचक तथा सफल बनाउन साँस्कृतिक मञ्चका कलाकारहरुले नेपालका चर्चित कलाकारहरुलाई भरपुर साथ दिंदै आ-आफ्नो प्रस्तुति दिने कार्यक्रमका संयोजक सुजन केसीले जानकारी दिएका छन । सम्पूर्ण कुवेतवासी नेपाली महिलाहरुले नि:शुल्क प्रवेश पाउने यस कार्यक्रममा पुरुषहरुको लागि भने एउटा विशेष पासको व्यवस्था कार्यक्रम प्रायोजक अलमुल्ला एक्सचेन्जबाट गरिने छ जुन पास प्राप्तिको लागि कसैले पनि अलमुल्ला एक्सचेन्ज मार्फत नेपालमा रकम पठाएको हुनु पर्नेछ नत्र कुनै पनि पुरुषहरुले जती पैसा तिरे पनी यस वर्षको तिज बिशेष कार्यक्रममा प्रवेश पाउने छैनन्, यो सन्देश स्पष्ट रुपमा सम्पूर्ण कुवेतवासी नेपालीहरुमा पुगोस् कार्यक्रम संयोजक सुजन केसीले कुवेतनेपाल डटकमलाई बताए ।

“तिज बिशेष कार्यक्रम-२०६९” कुवेतको पास प्राप्तिको लागि अलमुल्ला एक्सचेन्जका कुवेतस्थित विभिन्न ३९ शाखाहरु मार्फत नेपालमा पैसा पठाउन सकिनेछ । अलमुल्लाले राम्रो रेट दिएको जानकारी दिंदै नेपालका सिटि एक्सप्रेस, प्रभु मनि ट्रान्सफर, सनराईज बैंक, नेपाल ईन्भेष्टमेन्ट बैंक र लक्ष्मी बैंक जस्ता पैसाको कारोबार गर्ने अधिराज्यका सवै शाखाहरु मार्फत यहाँवाट पठाएको पैसा सजिलै ५ मिनेटमै नेपालमा निकाल्न सकिने पनि कोसेली परिवारले बताएको छ ।

Related news.. 04.09.2012

कुवेतमा तिजको रौनक जताततै, बृहत् साँस्कृतिक धमाकाको तयारीमा कोसेली परिवार..

तिज कार्यक्रमको लागि नेपालका चर्चित कलाकरहरु भोलि कुवेत आउँदै, स्वागतका लागि बिमानस्थल जान सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई आयोजकको अनुरोध

4 responses to “कुवेतको “तिज बिशेष कार्यक्रम-२०६९” सफल पार्न नेपालदेखी चर्चित कलाकारहरु कोमल ओली, सुनिता दुलाल र नन्दिता केसी कुवेत आउँदै..

  1. this is not good things who send money frm almulla they only have a chance to watch this program means wat ?this is not a fair if we send money already then we miss this program ……..

  2. होइन हरितालि तिज महिला को लागि पो हो/- किन बेकारमा लोग्ने मान्छे बोलाउने? होइन जमाना पनि उल्टो भएको होकी के हो ? कुवैत ३० हजार को हारा हारी मा नेपाली चेली हरु छन तिनी हरुलाई पो निम्त्यो दिने त/- छोरा मान्छे हरुलाई किन निम्त्यो दिने बेकारमा केटा हरुलाई निम्त्यो दिएर हो हल्ला झगडा गराउने मात्र/- अयोजग मित्र हरुले अहिले कुवेतमा कुनै पनि प्रोग्राम गर्नु भन्दा पहिला ति कुराको खाल राख्नु अति जरुर छ/-कुवेतका आकोर्सित ठिटा हरुले जे पनि गर्नु लागे न त् तिनी हरुलाई कानुन नै थाहा छ न त् तिनी हरुलाई कसैले कानुन लगाउछ/- जिलिब को प्रोग्राम मा एन आर एन को बरिस्ठ कर्मचारी को मुखमा थुकेको हल्ला छ/- अब को को मुखमा थुक्छन त्यो हेर्नै बाकि छ/-अहिले को स्थिति मा कुवैतमा जन्म दिन पार्टी बिबाहको पार्टी कुनै प्रोग्राम को योजना बनाउनु भन्दा पहिला ति कुरा को ख्याल राख्नु जरुर छ/-

    दि.ब.पुन

  3. haina yo kuwait ma kati rajniti chalne ho , yo vanda pahile roma neupane lai pani lyaune vanera kata kata suneko jasto lak6a malai , ani ahile chahi kina feri arkai kalkar lyaidai 6a ?? khai ma ta kwt ko thula thalu haruko kurai bujna sakdina , tara tara kasai kalakarlai lyaune vandai feri arkai kalakar lyaudai hunuhun6a yo kaha sammako jyej kura ho ?? tapaiharu afai bujnu hola , ramralai la kha ra naramralai pakha garnu ahileko abasthama alik naitiktale didaina hola hai sathi ho ??

  4. al mulla exchange keep it up …….yahi ho mauka customer haru lai murga banaune…..

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.