अष्ट्रेलिया, बंगलादेश, पाकिस्तान र जिम्बाबे विजयी


२७ साउन, काठमाडौं – आयोजक अष्ट्रेलियासँगै बंगलादेश, पाकिस्तान र जिम्बाब्वेले आइसीसी यु–१९ विश्वकप क्रिकेटमा विजयी शुरुवात गरेका छन् । बंगलादेशले श्रीलंकालाई २५ रनले पराजित गर्‍यो । पहिले ब्याटिङ गरी २ सय ४९ रन बनाएको बंगलादेशले श्रीलंकालाई २ सय २४ रनमा सीमित गर्‍यो । बंगलादेशका लागि अमिनुल हकले १ सय १ रन बनाए ।

पाकिस्तानले अफगानिस्तानलाई १ सय ९ रनले पराजित गर्‍यो । पहिले ब्याटिङ गरेर २ सय ५३ रन बनाएको पाकिस्तानले अफगानिस्तानलाई १ सय ४४ रनमा सीमित गर्‍यो । आयोजक अष्ट्रेलियाले ईंग्ल्याण्डलाई ६ विकेटले पराजित गर्यो । १ सय ४४ रनको लक्ष्य अष्ट्रेलियाले ३५ दशमलव १ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो ।

यस्तै जिम्बाव्वेले पपुवा न्यूगिनीलाई १ सय ४ रनले हरायो । २ सय ५० रनको लक्ष्य पच्छ्याएको पपुवा न्यूगिनी १ सय ४५ रनमा अलआउट भयो । समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेल सोमबार अष्ट्रेलियासंग खेल्नेछ ।

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.