नेपालमा भारत र चीनको लगानी घट्यो, अमेरिकाको बढ्दै


२८ साउन, काठमाण्डौं – नेपालमा दुई छिमेकी मुलुक भारत र चीनको लगानी प्रस्ताव घटेको देखिएको छ । उद्योग विभागको तथ्यांक अनुसार आर्थिक बर्ष २०६८/६९ मा नेपालमा चीन र भारतको प्रस्तावित लगानी क्रमशः २० प्रतिशत र ६७ प्रतिशतले घटेको हो ।

सोही अवधिमा अमेरिका तथा दक्षिण कोरियाको लागनी प्रस्ताव भने बढेको छ । यस अवधिमा नेपालमा अमेरिकाको लगानी प्रस्ताव भने दुईगुणा बढेको विभागको तथ्यांकमा उल्लेख गरिएको छ । तर, नेपालमा सवैभन्दा धेरै लगानी प्रस्ताव गर्नेमा भने भारत र चीन नै अघि रहेको खबर आजको अभियान दैनिकले छापेको छ ।

२०६८/६९ मा नेपालमा प्रस्तावित भारतीय लगानी २ अर्व २९ लाख रहेको छ । यो अघिल्लो आर्थिक बर्षको भन्दा करिब ४ अर्ब ७० करोडले कम हो । सो आर्थिक बर्षमा नेपालमा प्रस्तावित भारतीय लगानी घट्नु कुनै विशेष कारण नरहेको नेपाल भारत उद्योग वाणिज्य संघका निर्देशक केशवमान सिंहले बताएका छन् ।

त्यस्तै चीन उद्योग वाणिज्य संघका उपाध्यक्ष राजुबाबु श्रेष्ठले भने राजनीतिक अस्थिरताका कारण नेपालमा आउनुपर्ने जति वैदेशिक लगानी नै आउन नसकेको बताउँछन् । चिनियाँ लगानीकर्ताहरु नेपालमा लगानी गर्न अत्यन्त इन्छुक छन् उनले भने तर, नेपालमा लगानी मैत्री वातावरणको अभाव छ ।

 Source:onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.