Daily Archives: 11/08/2012

UAE Exchange Kuwait Organized Iftar Party


UAE Exchange the world trusted Money transferrer, Kuwait Operation had organized Iftar Party on 9-8-2012 at Farwaniya Darwish Mosque premises. More than 500 people from different countries had participated for the same. पढ्नेक्रम जारी राख्नुहोस्

युवराजले टी-२० विश्वकप खेल्ने


६ साउन, काठमाडौं – आगामी सेप्टेम्बरमा श्रीलंकामा हुने टी-२० विश्वकप क्रिकेटका लागि भारतीय टोलीको घोषणा भएको छ । टी-२० विश्पकप र न्यूजल्याण्डविरुद्धको २३ अगष्टबाट सुरु हुने टेष्ट श्रृखलाका लागि घोषणा भएको हो । टोलीमा युवराज सिंह पनि परेका छन् । क्यान्सरको उपचारपछि खेलमा फर्किएका उनले विश्वकप खेल्ने सपना साँचेका थिए, जुन पुरा हुने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

सरकारी सेवा मात्र ११ मिनेटमा


सुन्दर खनाल

काठमाडौ, श्रावण २७ – कुनै सरकारी कार्यालय छिरेको केही मिनेटमै एउटा महत्वपूर्ण काम फत्ते भएर सेवाग्राही खुसी हुने दिन कहिले आउला ? अहिलेसम्म यो कल्पना हो । यद्यपि नेपाल प्रहरीले छिट्टै आश्चर्य खडा गर्नसक्छ, ११ मिनेटभित्र ‘चालचलन पत्र’ -पुलिस क्लियरेन्स रिपोर्ट) दिने सेवा सुरु गरी । अहिलेसम्मको अवस्थामा सेवाग्राहीले चालचलन पत्र लिन घण्टौं बिताउने गरी कम्तिमा दुई दिन प्रहरी प्रधान कार्यालय धाउनुपर्छ । कार्यालयबाहिरै निजी पसलमा फर्मेट टाइप गराएपछि फोटो र सरकारी छाप लगाएर बनाइने चालचलन पत्रको स्तर निकै कमजोर छ । पैसा नै बढी लाग्छ । पढ्नेक्रम जारी राख्नुहोस्

६ सचिवलाई प्रधानमन्त्रीको चेतावनी


बलराम बानियाँ
काठमाडौ, श्रावण २७ – प्रधानमन्त्री बाबुराम भट्टराईले मुख्यसचिव बढुवामा असन्तुष्ट ६ बहालवाला वरिष्ठ सचिवलाई शुक्रबार दिउँसो कार्यकक्षमा बोलाएर मुख्यसचिव लीलामणि पौडेललाई असहयोग नगर्न चेतावनी दिएका छन् । प्रधानमन्त्रीले उनीहरूको असहयोग जारी रहे सह्य नहुने भन्दै कारबाही गर्ने चेतावनीसमेत दिएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले जनाए । पढ्नेक्रम जारी राख्नुहोस्

..बिग्रियो (गजल)


मनोज काफ्ले ‘मनसून’


केहि संगतले बिग्रियो
केहि चाहतले बिग्रियो

भनेकै हुँ गर्नहुन्न यो
आफ्नै आदतले बिग्रियो पढ्नेक्रम जारी राख्नुहोस्

टुडी खेल (झटारो)


प्रेम वली

टुडी खेल हो कि तुरी खेल
तर खेलिन्छ यहाँ अनेक खेल
मान्छेको हुन्छ  ठेलम ठेल
नेता आउछ मात्र भाषण ठोक्छ
जनता आउछ ताली ठोग्दै
खाली अश्वासन बोक्छ पढ्नेक्रम जारी राख्नुहोस्

इन्द्रबहादुर गुरुङ स्मृति ब्याडमिन्टन प्रतियोगिता भदौ ८ देखि


प्रेम न्यौपाने, पोखरा

कास्की जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा आगामी भदौ ८ देखि ११ औं कास्की जिल्लास्तरीय अन्तरमावि इन्द्रबहादुर गुरुङ स्मृति ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । पोखरा र·शालास्थित ब्याडमिन्टन कोर्टमा भदौ १२ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिता सम्पन्न गर्न कार्यसमिति सदस्य नीरबहादुर थापाको संयोजकत्वमा एक सय चार सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

युएईका प्रगतिशील प्रवासी संगठनहरुद्वारा संयुक्तरुपमा हार्दिक श्रदान्जली व्यक्त


निमकान्त पाण्डे, युएई

यही मिति २०१२/०८/०८ का दिन आएको हृदय विदारक एउटा अकल्पनीय समाचारले नेपाल भित्रका मात्रै हैन प्रवासमा रहने हामी लाखौ लाख नेपालीहरुको समेत मन छिया-छिया बनाएको छ । जब संसार भरिका नेपालीहरु संगै कन्तिपुको समाचारमा हाम्रा जनजाती आन्दोलनका प्रवासी योद्दा हरि घर्ति मगरको फोटो सहित छापिएको दुखद समाचार पढ्न पुगियो अनि बल्ल साथीहरुले भनेको कुरा साचो रहेछ भनेर स्वीकार्न बाध्य भइयो । पढ्नेक्रम जारी राख्नुहोस्