खुट्टा भाच्चियो तर, टिमलाई फाइनलमा पुर्‍याए


२६ साउन, काठमाडौं । ओलम्पिकमा यदि हिम्मत र साहसका कुनै पदक भए अमेरिकी धावक मेनटिओ मिचेल त्यसका प्रमुख दावेदार हुने थिए । भयो के भने शुक्रबार चार गुणा ४ सय मिटरको रिले दौडमा अमेरिकाको प्रतिनिधित्व गरेको टिममा मेनटिओ पनि थिए । उनले दौड त सुरु गरे, तर २ सय मिटर जति दुरी पार गरेपनि उनलाई आफ्नो बाँया खुट्टाको हड्डी नै भाच्चिएको जस्तो लाग्यो ।
दुखाईका कारण छटपटिएका उनले एक चोटीले आफू मैदानमा नै ढल्ला जस्तो नभएको पनि होइन । तर, उनले दौड छाडेनन् र खुट्टा भाच्चिएको कसैलाई पत्तानै पाउन दिएनन्, ताकी साथीहरुलाई आफ्नो खुट्टा भाच्चिएका थाहा भएर टिम प्रतियोगिताबाट बाहिर होस् । दौड सकिएपछि आफ्नो क्याम्पमा पुगेर चिकित्सकहरुलाई देखाउँदा उनको खुट्टाको हड्डी भाँचिएको पुष्टी भयो ।
मेनटिओले भनेका छन्-’मलाई निकै दुखेको थियो । म आफैँ आश्चर्यमा छु कि भाँच्चिएको खुट्टाले टेकेर करिव ४५ सेकेण्डमा नै आफ्नो दुरी कसरी पुरा गरेँ ?’ अमेरिकी ट्राक एण्ड फिल्डका मुख्य कार्यकारी अधिकारीले मेनटिओ आफ्नो टिमको हिरो भएको बताए । अमेरिकी पुरुष टिम रिले वर्गमा च्याम्पियन हो र यस टिमले अहिलेसम्म जति प्रतियोगितामा भाग लिएको छ, सबैमा जित हात पारेको छ । शुक्रबार हुने फाइनलमा भने मेनटिओले भाग लिन पाउने नपाउने अझै निश्चित भएको छैन ।

Source: Onlinekhabar

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.