२६ साउन, काठमाडौं । ओलम्पिकमा यदि हिम्मत र साहसका कुनै पदक भए अमेरिकी धावक मेनटिओ मिचेल त्यसका प्रमुख दावेदार हुने थिए । भयो के भने शुक्रबार चार गुणा ४ सय मिटरको रिले दौडमा अमेरिकाको प्रतिनिधित्व गरेको टिममा मेनटिओ पनि थिए । उनले दौड त सुरु गरे, तर २ सय मिटर जति दुरी पार गरेपनि उनलाई आफ्नो बाँया खुट्टाको हड्डी नै भाच्चिएको जस्तो लाग्यो ।
दुखाईका कारण छटपटिएका उनले एक चोटीले आफू मैदानमा नै ढल्ला जस्तो नभएको पनि होइन । पढ्नेक्रम जारी राख्नुहोस्