अबैध ओसारपसारलाई उल्टै बढावा !
काठमाण्डौ – सरकारले ३० बर्ष नपुगेका नेपाली महिला कामदारका रुपमा खाडी मुलुक जान नपाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबारको वैठकले श्रम मन्त्रालयको प्रस्तावमा यस्तो निर्णय गरेको हो । कम उमेरका महिला बिदेश जाँदा यौनजन्य हिंसा हुने र प्रतिरोध गर्न नसक्ने भन्दै सरकारले यस्तो निर्णय गरेको हो । सरकारी निर्णयबाट खाडी मुलुकमा हाउसमेडका रुपमा जाने तयारीमा रहेका नेपाली महिलाहरु प्रभावित हुने छन् ।
श्रम मन्त्रालयका अधिकारीहरुले नै यो प्रस्तावमा आश्चर्य जनाएका छन् । ‘हामीले उमेर हद २० बर्ष तोकौं भनेका थियौं तर भारत र श्रीलंकामा यस्तै ब्यबस्था छ भन्दै प्रस्ताव मन्त्रिपरिषद्मा लगियो’- श्रम मन्त्रालयका एक अधिकारीले अनलाइनखवरसँग भने ।
यो निर्णयबाट कामका लागि बिदेश जान खोज्ने नेपाली महिलाहरुको अबैध ओसारपसारलाई प्रोत्साहन गर्ने र भारतको बाटो हुँदै नेपाली महिला बिदेश जानेक्रम निकै बढ्ने ती अधिकारीले दावी गरे । ‘त्रिभुवन बिमानस्थलबाटै जानेहरु पनि अब टुरिष्ट भिसामा जाने र त्यहाँ बैधानिक तरिकाले काम गर्ने क्रम बढ्ने छ’- ती अधिकारीले भने-’यो निर्णय वैदेशिक रोजगार ऐन र कानुनसँग पनि बाझिन्छ, संबिधानको अधिकार पनि हनन हुन्छ ।’
खाडी मुलुकहरुमा नेपाली महिलालाई घरेलु कामदारका रुपमा पठाउँदा सुरक्षा र तलबका बिषयमा सचेत हुनुपर्नेमा ३० बर्ष उमेर हद तोक्नु अब्यबहारिक हुने उनको भनाई छ । निर्णय’bout जानकारी दिंदै संचारमन्त्री राजकिशोर यादवले भने परिपक्कताका लागि यस्तो निर्णय गरिएको बताउनुभयो ।
Source: Onlinekhabar
good job ahily chai sarkar lay ramro kam garecha ali umer pugera aye pachi ta afano hak ko adhikar ko lagi bolna ta sakchan kam say kam sarkar ko yo nirnay ekdam thik cha.ani paddai gary ko chelibeti haru auna ta ali kam hola yo nirnay hamro chelibeti haru ko lagi ramro cha tara agent haru lai chai ghata huncha ki….
good job??? NEPAL SARKAR le bideash jana umearko had tooknu bhanda NEPAL mai kehi sipmulak talim diyara NEPAL mai ROJIROTI ko bebastha gari diye kasle nai rahar garne thiyo hola ra yo saitanko mulukma bhasina? ke umer 30 hudaima aapat bipatma pradaina bhanne ke gyarenti 6 ???? kasto haasypad nirnaye yo sarkarko.
very good dherai ramro balla sarkar ko aakha khulexa,ya nepali cheli haru ko kasto bijog cha now may be we hope 70% event will improve
hera sathi ho yo sabai nahune kura ho je gara jaso gara yo kam akhir nepali kai ho ???????????