१० हजार रियाल नहुँदा शव साउदी अरबमै थन्कियो


खोटाङ, साउन २५-साउदी अरबमा ज्यान गुमाएका खोटाङ सप्तेश्वरका जीवन राईको शव आर्थिक अभावमा दुई महिनादेखि घर ल्याउन सकिएको छैन। शव ल्याउनका लागि माग गरिएअनुसार मृतकका परिवारले पैसा पठाउन नसकेका कारण राईको शव ल्याउन नसकिएको मृतकका भतिज गोपाल राईले बताए।  साउदी सरकारले शव पठाउन नेपाली दूतावास, वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमार्फत मृतकका परिवारसँग १० हजार रियाल माग गरेको थियो। निम्न आर्थिकस्तर भएका राई परिवारले उक्त रकम पठाउन नसक्दा शव ल्याउन समस्या भएको सुरक्षित आप्रवासन परियोजना केन्द्र खोटाङका कार्यक्रम संयोजक भक्त राईले बताए।

गत जेठ १६ गते राति सुतेकै ठाउँमा बेहोस बनेका राईको उपचारका क्रममा साउदीको अस्पतालमा नै मृत्यु भएको थियो। आफ्नो कम्पनीबाट भागेर अर्कै ठाउँमा ‘इल्लिगल’ काम गर्नेक्रममा ज्यान गएका कारण राईको शव नेपाल फर्काउन समस्या भएको संयोजक राईको भनाइ छ।

परिवारबाट पैसा पठाउन सक्ने स्थिति नदेखिएपछि वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड आफैले शव ल्याउन पहल सुरु गरेको सो केन्द्रले जनाएको छ।

यता कमाइ गरेर पठाउने व्यक्तिको ज्यान गुमेपछि जीवनका ६ जनाको परिवारको विचल्ली भएको छ। अहिले उनका परिवारजन छिमेकीले चन्दा सङ्कलन गरेर दिएको चामल, नून, तेलबाट जीवन धानिरहेका छन्। मलेसियबाट फर्किएपछि साउदी पुगेका राईका हजुरआमा, आमा, श्रीमती र काखे बच्चासहित तीन छोरा छन्।

Source: Nagarik

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.