डम्बर जङ मल्ल
बसन्तको ॠतुमा पनि उजाड भयो जिबन मेरो
पाइन मैले साहारा कसैको जिबन भयो अधुरो
धेरै भएछ व्याथाहरु मुटु मेरो आज कम्जोर भयो
गजल लेखी रहेछु यहाँ, यथार्थ जिन्दगीको मेरो
आँखा भरी आँशु लुकाइ हास्छु जिन्दगी यही मेरो
गीत रची गाउला, कथा आफ्नै जिबनी यहाँ मेरो
उराठ र उजाड लाग्छ जिबन बन्यो निरस मेरो
आसै आसाले गर्दा लड्खराइ रहेछ पाहिला मेरो
छैनन कोही साथ दिने जिबन यही आज मेरो
बिरहहरुले छोपिदियो जिबन भयो अन्धकार मेरो
हासो के हो जिबनिमा आसु सथै साथ भयो मेरो
मरण जिबन भएछ किन आज जिन्दगी मेरो