आज श्रीकृष्णजन्माष्टमी धुमधामका साथ मनाईदै


२५ साउन, काठमाण्डौं । हिन्दु धर्माबलम्बीहरुको महान पर्व ‘श्रीकृष्णजन्माष्टमी’ आज देशभरि भगवान् श्रीकृष्णको पूजाआराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

आजको दिन मुलुकभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिलाहरूमा ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको बताइएको छ ।

महाभारतका अनुसार कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उहाँका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ हिन्दुहरूको पवित्र ग्रन्थ मानिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको विश्वास गरिन्छ ।

पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा कृष्णको जन्मोत्सव मनाउन ललितपुर उपमहानगपालिकाले विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ । सो अवसरमा राष्ट्रपति डा. रामवरण यादवबाट बिहान साढे आठ बजे पाटनको मंगलबजारमा रहेको भगवान् श्रीकृष्णको मन्दिर दर्शन तथा प्रसाद ग्रहण गरि फर्कनुभएको छ ।

जन्माष्टमीका अवसरमा श्यामा-श्यामधाम थिमीमा विशेष कार्यक्रम गरिन्छ । काठमाडौँमा श्रीकृष्णको झाँकीसहित शोभायात्रा निकाल्ने चलन रहेको छ ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.