आजदेखि राणा प्रधानसेनापतिको जिम्मेवारीमा


काठमाडौ, श्रावण २५ – सेनाको सर्वोच्च पद प्रधान सेनापतिको कार्यभार बिहीबारबाट गौरवशमशेर जबराले लिने भएका छन् । परम्पराअनुसार आफ्नो कार्यकाल सकिनु एक महिनाअघि शुक्रबारबाट बिदा बस्न लागेका प्रधानसेनापति छत्रमानसिंह गुरुङले सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार दिउँसो एक कार्यक्रमबीच बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका जबरालाई कार्यभार सुम्पने भएका हुन् ।

सैनिक जनसम्पर्क निर्देशनालयका प्रमुख तथा सैनिक प्रवक्ता सहायक रथी रमीन्द्र छेत्रीले प्रधानसेनापति गुरुङ शुक्रबारबाट बिदा बस्ने भएकाले बिहीबार कायममुकायम प्रधानसेनापति जबरालाई कार्यभार हस्तान्तरण गर्ने जानकारी दिए । मन्त्रिपरिषद्को साउन १७ गतेको बैठकले जबरालाई साउन २६ देखि लागू हुने गरी कायममुकायम प्रधानसेनापतिमा नियुक्त गरेको थियो । गुरुङले भदौ २३ मा अवकाश पाएपछि जबरा प्रधानसेनापति बन्नेछन् ।

प्रधानसेनापति गुरुङले कामु जबरालाई सँगै लगेर बुधबार नै राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री बाबुराम भट्टराईसमक्ष आफ्नो उत्तराधिकारीका रूपमा चिनाएका थिए । बाहिरिने प्रधानसेनापतिले आफ्नो उत्तराधिकारीलाई औपचारिक रूपमा राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गराउने प्रचलन छ । 

२०१२ मंसिर २७ मा जन्मिएका जबरा २०३० भदौ २० मा सेनामा प्रवेश गरेका हुन् । बेलायतको स्यान्डहस्र्टस्थित रोयल मिलिट एकेडेमीबाट आधारभूत सैन्य तालिम लिएका जबराले अमेरिका क्यानससको फोर्थ लेभेनवर्थस्थित यूएस आर्मी कमान्ड एन्ड स्टाफ कलेजबाट ग्रयाजुएसन गरेका हुन् । उनले नेसनल डिफेन्स कोर्स पाकिस्तानबाट गरेका छन् ।

 

Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.