Daily Archives: 09/08/2012

कविता


डम्बर जङ मल्ल

बसन्तको  ॠतुमा पनि उजाड भयो जिबन मेरो
पाइन मैले साहारा कसैको जिबन भयो अधुरो
धेरै भएछ व्याथाहरु मुटु मेरो आज कम्जोर भयो
गजल लेखी रहेछु यहाँ, यथार्थ जिन्दगीको मेरो पढ्नेक्रम जारी राख्नुहोस्

आजदेखि राणा प्रधानसेनापतिको जिम्मेवारीमा


काठमाडौ, श्रावण २५ – सेनाको सर्वोच्च पद प्रधान सेनापतिको कार्यभार बिहीबारबाट गौरवशमशेर जबराले लिने भएका छन् । परम्पराअनुसार आफ्नो कार्यकाल सकिनु एक महिनाअघि शुक्रबारबाट बिदा बस्न लागेका प्रधानसेनापति छत्रमानसिंह गुरुङले सैनिक मुख्यालय जंगी अड्डामा बिहीबार दिउँसो एक कार्यक्रमबीच बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका जबरालाई कार्यभार सुम्पने भएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

पानी नपारेको कारण देखाउन इन्द्र भगवानलाई आदेश !!!


यो दुनियामा के कुरा असम्भव छ र ? हुँदाहुँदा मान्छे लाचार बन्दै स्वर्गका भगवानलाई पनि कारवाही गर्ने धङधङी प्रदर्शन गर्न पछि पर्दैन । यस्तै भएको छ भारतमा । भारतको उत्तरप्रदेश स्थित एक अदालतले वर्षायाममा समेत पानी नपार्नुको कारण पेश गर्न भगवान इन्द्रका नाममा कारण देखाउ आदेश जारी गरेको छ । उत्तरप्रदेशको हरदोइस्थित एक सबडिभिजनल मजिस्ट्रेटले यस्तो आदेश जारी गरेको हो । उक्त आदेशमा वर्षा नहुनुको कारण ३ दिनभित्र पेश गर्न भनिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

३० बर्ष नपुगेका महिला खाडी जान नपाउने


अबैध ओसारपसारलाई उल्टै बढावा !
 काठमाण्डौ – सरकारले ३० बर्ष नपुगेका नेपाली महिला कामदारका रुपमा खाडी मुलुक जान नपाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबारको वैठकले श्रम मन्त्रालयको प्रस्तावमा यस्तो निर्णय गरेको हो । कम उमेरका महिला बिदेश जाँदा यौनजन्य हिंसा हुने र प्रतिरोध गर्न नसक्ने भन्दै सरकारले यस्तो निर्णय गरेको हो । सरकारी निर्णयबाट खाडी मुलुकमा हाउसमेडका रुपमा जाने तयारीमा रहेका नेपाली महिलाहरु प्रभावित हुने छन् । पढ्नेक्रम जारी राख्नुहोस्

आज श्रीकृष्णजन्माष्टमी धुमधामका साथ मनाईदै


२५ साउन, काठमाण्डौं । हिन्दु धर्माबलम्बीहरुको महान पर्व ‘श्रीकृष्णजन्माष्टमी’ आज देशभरि भगवान् श्रीकृष्णको पूजाआराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

जनजातिको पार्टी खुल्ने


गणेश राई/दुर्गा खनाल

नाम- सामाजिक लोकतान्त्रिक बहुल-राष्ट्रिय पार्टी

काठमाडौ, श्रावण २५ – संघीयताका विषयमा मूलधारका राजनीतिक दलहरूसँग असन्तुष्ट जनजाति अगुवाहरूको एउटा समूह नयाँ पार्टी खोल्ने टुंगामा पुगेको छ । विश्व आदिवासी दिवस पारेर प्रस्तावित ‘सामाजिक लोकतान्त्रिक बहुल-राष्ट्रिय पार्टी’ बिहीबार घोषणा हुँदैछ । पढ्नेक्रम जारी राख्नुहोस्

२२ लाख तिरेर अमेरिका हिँडेका हजार नेपाली अलपत्र


सुरेन्द्र पौडेल, काठमाडौं, साउन २५- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव तस्करहरूको प्रलोभनमा परी अमेरिका जान भनी हिँडेका हजारभन्दा बढी नेपाली ल्याटिन अमेरिकाका विभिन्न देशमा अलपत्र परेका छन्। तस्करहरूले मोटो रकम लिई अमेरिका छिराइदिने भन्दै ल्याटिन अमेरिकी देश ब्राजिल, चिली, बोलिभिया, इक्वेडरलगायत देशमामा पुर्‍याएर छाडिदिएको अलपत्र परेकाहरूले बताएका छन्। 
  पढ्नेक्रम जारी राख्नुहोस्

१० हजार रियाल नहुँदा शव साउदी अरबमै थन्कियो


खोटाङ, साउन २५-साउदी अरबमा ज्यान गुमाएका खोटाङ सप्तेश्वरका जीवन राईको शव आर्थिक अभावमा दुई महिनादेखि घर ल्याउन सकिएको छैन। शव ल्याउनका लागि माग गरिएअनुसार मृतकका परिवारले पैसा पठाउन नसकेका कारण राईको शव ल्याउन नसकिएको मृतकका भतिज गोपाल राईले बताए।  साउदी सरकारले शव पठाउन नेपाली दूतावास, वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमार्फत मृतकका परिवारसँग १० हजार रियाल माग गरेको थियो। पढ्नेक्रम जारी राख्नुहोस्